विमानरुपी नेकपा ‘सरप्राइज’ दिँदै रकेटको रफ्तारमा

विमानरुपी नेकपा ‘सरप्राइज’ दिँदै रकेटको रफ्तारमा

१४ चैत्र,  काठमाडौं । ‘सरप्राइज’ दिन खप्पिस छ नेपालकम्युनिस्ट पार्टी (नेकपा) । पहिले पनि नेकपाले ‘सरप्राइज’ दिएकै हो । तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरु बजार भरि एकताको हल्ला असरल्ल छरिएपछि पार्टी एकीकरण हुने मितिको पर्खाइमा थिए । दुवै पार्टीका अध्यक्षहरु प्रचण्ड र केपी शर्मा ओलीले ‘सरप्राइज’ दिइहाले मदन आश्रृत स्मृति दिवसको अवसरमा । यो ‘सरप्राइज’ बाट टेम्पो रुपी कम्युनिष्टहरु जेट प्लेन बने र अहिले सुरक्षित रुपमा आकाशमा उडिरहेका छन् ।

कम्युनिष्टहरु फुट्न मात्र जान्दछन् जुट्न जान्दैनन् भन्ने भनाइलाई चिर्नु थियो र नयाँ स्लोगान र गौरवशाली इतिहास रच्नु थियो कम्युनिष्टहरुले । त्यसैले दुई पार्टीका अध्यक्षहरुले गरे एउटा बेग्लै ‘ब्रेक थ्रु’ अर्थात, पार्टी एकता । पार्टी एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम धारण गरेको बर्तमान सत्ताधारी दलले फेरि अर्को ‘सरप्राइज’ नेपाली जनतालाई दिने तयारी गरिरहेको छ । तर, त्यसको मिति तोकिएको छैन । किनकि ‘सरप्राइज’ भन्ने चीज नै यस्तो हो कि जसको कुनै मिति नै नतोकी अपर्झट रुपमा गरिन्छ । बरु सबैले अड्कलबाजी गर्न थालेका छन् त्यो सरप्राइज बैशाख १० भन्दा पर पक्कै नजाला । 

नेकपाले गर्ने अर्को ‘सरप्राइज’ हो पार्टी एकता तल्लो तहसम्म पु¥याउनु । पार्टीकोे केन्द्र, स्थायी समिति र सचिवालय गठन भइसकेको छ । तर, कम्युनिष्ट पार्टीको विचार उत्पादन गर्ने पोलिटब्युरो अझैसम्म बनेको छैन । जनवर्गीय संगठनहरु एकाध वाहेक अझै साविक पार्टीका साविक संगठनका रुपमा सामान्य दिनचर्यामै छन् ।

पार्टी सूत्रहरुले भने पार्टी एकताको गृहकार्य फेदैसम्म टुंगिएको जनाएका छन् । अध्यक्ष प्रचण्ड अमेरिका जानुअघि नै जिल्लाका इच्चार्ज र सचिवको टुंगो लागिसकेको स्रोतको दावी रहेको छ । त्यसमध्ये केन्द्रीय सदस्यको जिम्मेवारी पनि बाँडफाँड भइसकेको बुझिएको छ । रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेलको गृहकार्यले मुख्यतः टुंगो लगाइसकेको र अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्किएपछि त्यसलाई दुई अध्यक्षले अन्तिम रुप दिने बताइएको छ ।

पुष्पलालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेको बैशाख ९ गते ७० वर्ष पुग्दैछ भने लेनिन जयन्ति पनि त्यसै दिन पर्दछ । पार्टीका अर्का अध्यक्ष प्रचण्ड पनि श्रीमती सीताको उपचार गरेर आज विहीबार अमेरिकाबाट स्वदेश फर्किदै छन् ।

यता प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि केही दिनमै जनतालाई ‘सरप्राइज’ दिने बताएका छन् । यसबाट पनि के आशा गर्न सन्किन्छ भने नेकपा रुपी जेट बिमान अव चाँडै रकेटको रफ्तारमा उड्ने छ ।