प्रलेसमा प्रलय ः विप्लव र पूर्व एमाले एक ठाउँमा, पूर्व माओवादी अलग्गै

प्रलेसमा प्रलय ः विप्लव र पूर्व एमाले एक ठाउँमा, पूर्व माओवादी अलग्गै

काठमाडौं, चैत १४ । वामपन्थी राजनीतिमा आवद्ध लेखक तथा साहित्यकारहरुको संगठन प्रगतिशील लेखक संघ (प्रलेस)को दशाँै राष्ट्रिय अधिवेशनमा पूर्व माओवादी धाराका अधिकाँश स्थापित साहित्यकारहरु सहभागी नहुने भएका छन् ।

तर, सरकारले प्रतिबन्ध लगाएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट सहित्यकारहरु भने सरकारवादी नेकपातिरै लागेर सम्मेलनमा सहभागिता जनाउँदै छन् । यद्यपि यो पार्टीको संस्थागत निर्णय हो वा केही साहित्यकारको मात्र हो त्यो भने एकिन हुन सकेको छैन ।

प्रलेसको दशौँ राष्ट्रिय अधिवेशन यही चैत २२ गते हुँदै छ । जसमा सत्तारुढ दल नेकपा र विप्लव समूहका साहित्यकारहरुले सहभागिता जनाउने छन् भने मोहन वैद्य नेतृत्वको माओवादी पार्टी र वैज्ञानिक समाजवादीको नाममा बेग्लै समूह बनाएर तत्कालीन नेकपा माओवादी केन्द्रबाट अलग्गिएको आहुती नेतृत्वको समूहले अर्काे छुट्टै लेखक संघ गठन गर्ने तयारी थालेपछि प्रगतिशील साहित्यकारहरुमा बिभाजन आएको छ । प्रलेसको अधिवेशन बहिस्कार गर्नेमा आहुति समूहका अर्का साहित्यकार बलराम तिमल्सिनाको नाम पनि छ ।

मोहन वैद्य निकट साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले भने, ‘क्रान्तिकारीहरुको छुट्टै मोर्चा बनाउनु पर्छ भन्नेमा हामी छौं ।’ उनले थपे, ‘प्रलेस सामन्तवाद, साम्राज्यवाद बिरुद्ध हुनुपर्नेमा त्यो भएन, त्यसैले अर्को प्रलेस गठनको तयारीमा हामी छौं । उनले १६ गते अवधारणा पत्र जारी गर्ने पनि जानकारी दिए ।’

प्रलेसको अर्को मोर्चा आवश्यक छ भन्नेमा निनु चपागाई पनि छन् । उनी अहिलेको प्रलेसले सामन्तवाद, साम्राज्यवादको विरोधमा जानुभन्दा पनि यथास्थितिवादकै भजन गाउनेमा सीमित रहेको भन्दै अुन्तुस्टि व्यक्त गरिरहेका छनु । 

त्यसैगरी चैत २२ को अधिवेशन बहिस्कार गरी नयाँ संगठन निर्माणको तयारीमा रहेका साहित्यकारहरुमा डा. ताराकान्त पाण्डेय, डा. जगदीशचन्द्र भण्डारी, डा. गोपीन्द्र पौडेल लगायत छन् ।