सरकारका ७७ योजना लगानी सम्मेलनमा प्रस्तुत हुने

सरकारका ७७ योजना लगानी सम्मेलनमा प्रस्तुत हुने

१५ चैत्र, चैत । सरकारले निजी र सार्वजनिक गरी ७७ योजनामा विदेशी लगानी भित्र्याउने गरी लगानी सम्मेलनको आयोजना गरेको छ । 

छ सयको हाराहारीमा विदेशी लगानीकर्ताहरूको सहभागितामा यो लगानी सम्मेलन शुरू गरिएको हो । 

सरकारले अघि सारेकोे ’समृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय नारालाई सहयोग पु¥याउने लक्ष्य लिएर यो आयोजना गरिएको अधिकारीहरूको भनाइ रहेको छ ।

सरकारले दुई वर्षपछि फेरि यो अर्को लगानी सम्मेलनको आयोजना गरेको हो ।

राजनीतिक स्थायित्व र स्थिर सरकारको विश्वास दिलाउँदै सरकारले यो सम्मेलनको आयोजना गरी अपेक्षित लगानी भित्रिने विश्वास लिएको छ ।

सम्मेलनमा विभिन्न देशका उच्च पदस्थ अधिकारीसहित ४० देशका लगानीकर्ता सहभागी हुने सरकारका प्रवक्ता समेतको जिम्मेवारीमा रहेका सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद वास्कोटाले जानकारी दिएका हुन् ।

निजी क्षेत्रका प्रतिष्ठित कम्पनीहरूको पनि मनोनयन भएको र एक हजार भन्दा बढीको संख्यामा सहभागिता हुने उनले जनाए ।

सरकारका तर्फबाट कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ परियोजनाहरू सम्मेलनमा प्रस्तुत गरिने छ ।

एक दर्जन जति  विभिन्न समझदारी तथा सम्झौतामा हस्ताक्षर गरिने कार्यक्रमसमेत रहेको जनाउादै मन्त्री बास्कोटाले लगानीको कुरा अहिले नै यति यकिन गर्न नसकिने तर हाम्रा परियोजनाहरू ३० खर्ब जतिको रहेको बताए । उनले भने “यसका लागि हामीले विदेशी लगानीको अपेक्षा मात्रै पनि गरेका छैनौं ।”

यसअघि गरिएकोे लगानी सम्मेलनमा १३ खर्ब रुपैयाँको लगानीको प्रतिबद्धता गरिए पनि त्यसको एक तिहाइ लगानी हुन नसकेको देखिएकोे अधिकारीहरू बताउँछन् ।

तर सरकारले लगानीको वातावरण बनाउन कानूनमा संशोधन गरिएको र केही नयाँ कानून समेत ल्याइएकोले लगानी बढने विश्वास गरेको छ ।

नेकपाका मुख्य सचेतक देव गुरूङले यो लगानीको मुख्य उद्देश्य राष्ट्रिय अर्थतन्त्रलाई बलियो आधार दिनु रहेको र हुनुपर्ने बताए । निसन्देह हाम्रो आफ्नो राष्ट्रिय पुँजीलाई मासेर लगानी भित्र्याउने काम नहुने उनले जिकिर गरे ।