यौन–शक्तिका विज्ञापनमा यसरी बिक्दैछ पत्रकारिता

यौन–शक्तिका विज्ञापनमा यसरी बिक्दैछ पत्रकारिता

काठमाडौं, १५ चैत । पत्रपत्रिका, विशेष गरी राजधानीका काठमाडौंबाट प्रकाशित हुने नेपाली दैनिक पत्रिकामा दैनिकजसो देखिने विज्ञापन हो यौन शक्तिको । विज्ञापनमा भनिएको हुन्छ, ‘यौन कमजोरी तथा दुर्वलताको लागि विश्वविख्यात हर्वल सप्लिमेन्टहरु ।’ विज्ञापनमा भनिएको हुन्छ, ‘स्तन बढाउन, घटाउन, टाइट पार्न, लिङ्गको लम्बाइ बढाउन, मोटो पार्न, महिलाको छाती, पेट तथा तिघ्राको सेतो धर्सा हटाउन र महिलाको यौनङ्ग यहाँ टाइट पारिन्छ ।’

ती विज्ञापनमा महिला तथा पुरुषका लागि सेक्स टोय पाइने पनि उल्लेख गरिएको हुन्छ र क्रेताहरुका लागि घरमै सामान पु¥याउने व्यवस्था पनि भएको कुरा उल्लेख गरिएको हुन्छ ।

आयुर्वेदिक औषधि र होमियोपेथिक पद्दतीबाट उपचार गरिने भनिएका यस्ता विज्ञापनले समाजमा सकारात्मक भन्दा बढी नकारात्मक सन्देशहरु प्रवाह गरिरहेका छन् । कतिपय त्यस्ता उपचार गर्ने भनिएका स्थानहरुमा यौन व्यापार पनि हुने गरेको खोज तथा अनुसन्धानकर्ताहरुले जनाएका छन् ।

कोटेश्वरकी एक महिलाले पत्रिकामा प्रकाशित विज्ञापनका आधारमा कोटेश्वरको एक पसलमा पुग्दा आफूलाई यौन दुव्र्यबहारको प्रयाग भएको बताइन् । उनले उपचारको बिभिन्न बहानामा नचाहिने औषधि पनि जवर्जस्ती थमाउने गरिएको हुँदा यस्ता विज्ञानको भर परे ती स्थानमा उपचार गर्न नजान सुझाव दिइन् ।


के बिना अपरेशन कसैको लिङ्ग लामो पार्ने वा कसैको योनीका आकार ठूलो पार्ने वा सानो पार्ने कुरा सम्भव छ ? यौन उपचार तथा सौन्दर्यका खातिर देशका प्रमुख शहरहरुमा सञ्चालित यस्ता अखडाहरुमा उपचारको नाममा गैर कानूनी यौन क्रियाकलापहरु भइरहेको बेलामा समाचारहरु पकाशित भइरहे पनि पत्रपत्रिकाले विज्ञापन प्रकाशित गरेबापत प्राप्त हुने रकममा लोभिदा समाजप्रतिको उत्तरदायित्व र चौथो अंगको भूमिका निर्वाह गरिरहेका छन् त ? यो प्रश्न यतिबेला सबत्र उठिरहेको छ ।