नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गरौं : प्रम ओली

नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गरौं : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तराष्ट्रिय लगानीकर्तासँग आग्रह गरे । राजधानीमा आजदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उनले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको बताए । 

‘गाढा मैत्री तथा पारस्परिक लाभकालागि साझेदारीको विकास, यो साझेदारीबाट नेपालमा पर्याप्त लगानी प्राप्त हुने र त्यसको आकर्षक प्रतिफल लगानीकर्तालाई प्राप्त हुनेछ’, असल कार्यका निम्ति सम्मेलनमा एकत्रित भएका लगानीकर्तालाई सम्मेलनको औचित्य सुनाए । लगानीका लागि पचहत्तर बढी सम्भावित परियोजना चयन गरिएको जानकारी दिए । उनले भने, ‘नेपालमा उपलब्ध अवसर भरपुर उपयोग हुनेमा विश्वस्त छु ।’ 

बुद्ध जन्मस्थल र सर्बोच्च शिखर सगरमाथाजस्ता मनमोहक हिमाल, पहाडको देशलाई आफ्नो दोस्रो गृहका रुपमा नेपालमा लगानी गर्न अनुरोध गर्दै प्रधानमन्त्रीले अतिथिलाई ईश्वर मान्ने नेपालमा लगानीकर्तालाई यहाँ पँुजी लगाउन उत्प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे । 

छिमेकभन्दा पर पनि नेपाली उत्पादन खपत हुने गरेका, नेपालको आन्तरिक बजार पनि बढिरहेको र मध्यमवर्गाीय जनसंख्याको क्रयशक्ति बढिरहेको, विकासोन्मुख र विकसित देशले पनि अल्पविकसित नेपाललाई व्यापारको साझेदार बनाएका जनकारी दिँदै उनले भौतिक सम्पर्क स्थापनाका अवरोध पनि क्रमशः हट्दै गएको बताए । 

प्रधानमन्त्री ओलीले थपे, ‘दुवै देशसँगको बहुआयमिक सम्पर्क सञ्जालभित्र सडक, रेल, जलमार्ग, हवाईमार्ग र प्रसारणलाइन समावेश भएका छन् ।’ लगानीका लागि नेपाल उपयुक्तस्थल हो, जुनसुकै क्षेत्रमा लगानी गरेपनि मुनाफा प्राप्त हुन्छ भन्दै उनले जलविद्युत् क्षेत्र लगानीको प्रमुख केन्द्र बन्नसक्नेमा जोड गरे । 

कृषि, उत्पादन क्षेत्र, पर्यटन, भौतिक पूर्वाधार,सूचना प्रविधि, खनिज र खानी क्षेत्रले पनि लगानीको प्रतीक्षा गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो । 

पानीलाई सम्पत्तिमा रुपान्तरण गरौँ 

अन्तरदेशीय प्रशारणलाइन निर्माणका निम्ति आधारभूत पूर्वाधार निर्माणको प्रयास भइरहेको, बिम्स्टेक क्षेत्रमा विद्युत् व्यापार गर्ने सन्दर्भमा बिम्स्टेक ग्रिड इन्टरकनेक्सनमा हालै भएको समझदारीले नेपालको जलविद्युत् क्षेत्रमा लगानी आकर्षित गरेको बताउँदै प्रधानमन्त्री ओलीले पानीलाई सम्पत्तिमा रुपान्तरण गर्ने अवसर गुमाउन नहुनेमा जोड थियो । 

तीन वर्षमा तीन हजार, पाँच वर्षमा पाँच हजार १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य रहेको जानकारी दिँदै उनले द्रुत औद्योगिकीकरणसँगै विद्युत्को आन्तरिक खपतमा वृद्धि भइरहेको तथा भारतको सकारात्मक प्रयासका कारण क्षेत्रीय बजारमा बिजुली बिक्रीको सम्भावना बढेको प्रस्ट्याए । 

निधाििरत मापदण्ड पूरा गरेका उद्योगलाई कर छुटको व्यवस्थाका साथै संस्थागत कर, आयात महसुल र निर्यात सहजीकरणमा आकर्षक प्रोत्साहन दिइएको बताउँदै प्रधानमन्त्री ओलीले प्रतिस्पर्धी कर प्रणाली, परिश्रमी, युवापुस्ता, सस्ता श्रमिक, बहुुसीपयुक्त जनशक्ति र मनासिब खर्चमा उत्पादन लिन सकिने भएकाले लगानीको उच्च प्रतिफल प्राप्त हुनेमा जोड दिए । 

उनले भने, ‘उद्योग स्थापनाका लागि विशेष आर्थिक क्षेत्रमा पूर्वाधार र अन्य सुविधा उपलब्ध रहेको, एउटा आर्थिक क्षेत्र सञ्चालनमा आइसकेको तथा अन्य कैयौ विकासका चरणमा नेपालको औद्योगिक विकासको आधार तयार पारिएको छ ।’  

संसदमा रहेका नेपालका सबै राजनीतिक शक्ति बाह्य लगानी प्रोत्साहन एवम् आमन्त्रण गर्न तथा विकासका विषयमा सहमत रहेका त्यसमा राष्ट्रिय सहमतिसमेत रहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले विकासको स्पष्ट दृष्टिकोण बोकेको वर्तमान सरकारसँग निजी क्षेत्रको साथ र सहयोग रहेको दोहो¥याए । 

‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणको अभियानमा नेपाललाई साथ दिन आग्रह गर्दै उनले साथीको साथ, सहयोग, समर्थन र ऐक्यबद्धताको महत् महत्व हुन्छ भने । 

‘नेपाल व्यापार–व्यवसाय र लगानीका निम्ति तयार छ, हामी तपाईहरूको लगानीको स्वागत गर्छौँ, ढुक्क भएर लगानी गर्नोस, तपाईको लगानीको सुरक्षाका साथै मुनाफाको प्रत्याभूति हुनेछ’, लगानीकर्तालाई आश्वस्त पार्दै प्रधानमन्त्रीले आफ्नो सन्देश सुनाए । 

केपी ओलीले आफ्नो भनाइहरु फरर अंग्रेजीमा राख्दा विदेशीहरु पनि मन्त्रमुग्ध भएर सुनेका थिए ।