पवन चाम्लिङको ‘डायलग’

पवन चाम्लिङको ‘डायलग’

आगामी अप्रिल ११ तारिखदेखि भारतको लोकसभा तथा विधानसभाको निर्वाचन हुँदैछ । नेपालसँग सिमाना जोडिएको उत्तर प्रदेश, विहार, पश्चिम बंगाल र सिक्किम राज्यमा निर्वाचनको माहोल तातिएको छ ।

भारतीय नेताहरु चुनावी भाषण गर्न संसारकै खप्पिस मानिन्छन ।  दुनियालाई पाँडे गाली गरेर निर्वाचन जित्ने ‘तुरुप’ फाल्नु उनीहरुको लागि दालभात खानु सरह हो । यसै मेसोमा सिक्किमका मुख्यमन्त्री एवम् सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडिएफ) का सुप्रिमो पवन चाम्लिङले निर्वाचन जित्न कवितात्मक ‘डायलग’ तयार गरेका छन् । उनले हरेक चुनावी सभामा यो डायलग भट्याउने गर्छन –

मेरो देशको माथि एउटा देश छ,
जहाँ खान पाइन्छ बोल्न पाइँदैन ।

मेरो देशको मुनि अर्को देश छ,
जहाँ बोल्नु पाइन्छ, खान पाइँदैन ।

तर आज म जुन देशमा छु,
जहाँ खान पनि बोल्न पनि पाइन्छ ।

त्यो देशको नाम हो सिक्किम
सिक्किम बनायो एसडिएफले ।