‘उद्योगमन्त्री असन्तुस्ट छैनन्’

‘उद्योगमन्त्री असन्तुस्ट छैनन्’

चैत्र १६, काठमाडौं । विदेशी लगानी जुटाउन भएको सम्मेलनमा उद्योगमन्त्री मात्रिका यादव असन्तुस्ट रहेको भनी विभिन्न मिडियामा आएको समाचारलाई लिएर मन्त्री निकट स्रोतले आश्चर्य प्रकट गरेको छ । बस्ने सिटदेखि उपहारको विषयलाई जोडेर उनले असन्तुस्टि प्रकट गरेको मिडियामा प्रचार भएको छ । 

बस्ने सिटको विषय सामान्य कुरा भएकाले यो महत्वपूर्ण होइन । 'सामान्यतः एकै ओहदाका व्यक्तिहरु जो पहिला पुग्छ त्यो रोजेको ठाउँमा बस्ने हो, भनिन्छ अघि आउने धाक्रेको रोजी बिसाउने । फेरि मन्त्री यादव यस्तो वरियताको विषयलाई धेरै महत्व नदिने भएकाले यो कुरालाई उनले उठाउने कुरै होइन; उच्च स्रोतले अगाडि भन्यो,  'जहाँसम्म उपहार लिने कुरा हो, यो त आफैं सरकार आयोजक, उपहार लिने कुरा किन आवश्यक भनेर मन्त्री स्वयमले त्यही स्पष्ट पारिसकेको विषय भएकाले यसको प्रचारको खासै अर्थ राख्दैन ।' 

विगतमा उद्योग मन्त्रालयको मुख्य पहलमा लगानी सम्मेलन हुने तर यसपटक सरकार, अझ प्रधानमन्त्रीकै मुख्य पहलकदमीमा लगानी सम्मेलन भएको र सरकारका अन्य निकाय सहजकर्ता मात्र थिए ।  यसैले उद्योगमन्त्रीको विगतमा जस्तै मुख्य कार्यकारी भूमिकाको अपेक्षा भएकालाई मन्त्रीको सक्रिय सदस्यको मात्र भूमिकाले गर्दा प्रश्न उठ्नु धेरै अस्वाभाविक होइन । स्रोतले भन्यो ‘यसमा मन्त्रीको असन्तुस्टिको विषय नै कहीं छैन ।’

‘औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुनलाई संशोधन एकीकरण गर्न बनेको विधेयक २०७५’ सँगको विषयमा भएका असहमतिका बारेमा वाहिर आएको कुराबारे स्रोतको भनाइ छ, ‘प्रधानमन्त्रीसँगको छलफल र मन्त्रीपरिषदको निर्णयअनुसार विधेयक अगाडि बढाइसकेकाले’ अब बहस गरिरहनुपर्ने अवस्था छैन ।