दुई दशकमा नेपालको आर्थिक बृद्धि अन्यको तुलनामा धेरै न्यून 

दुई दशकमा नेपालको आर्थिक बृद्धि अन्यको तुलनामा धेरै न्यून 

३० अर्ब अमेरिकी डलर बराबरको दर्जनौ नीजी र सार्वजनिक लगाती परियोजना सार्वजनिक गर्दै लगानी सम्मेलन सम्पन्न गरेको नेपालको आर्थिक बृद्धि दर गएको दुई दशकमा  अन्य अर्थतन्त्रको तुलनामा धेरै न्यून बृद्धि रहदै आएको छ ।

विश्वबैंकले प्रणालीगत देशको निदानसम्बन्धी प्रतिवेदन( सिस्टमेटिक कन्ट्री डायगनस्स्टिक रिपोर्ट)मा नेपालको आर्थिक बृद्धि न्यून रहेको जनाएको छ । त्यो प्रतिवेदन अनुसार यो अवधिमा वार्षिक औसत बृद्धि ४ प्रतिशत रहेको छ ।

लगानी सम्मेलनमा प्रस्तुत गरिएका ७७ परियोजनाका लागि २० अप्रलिसम्म आवेदन दिन सकिने गरी समय तोकिएको लगानी बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीले बताए । उनका अनुसार  पूर्वाधार तथा यातायात क्षेत्रमा ७, ऊर्जामा ४, कृषि ४ र शिक्षा एवं स्वास्थ्यमा २ र लजिस्टिकमा १ कम्पनी गरी १७ आवेदन परेको छ ।

लगानी सम्मेलनको उद्घटान गर्दै प्रधानमनत्री केपी शर्मा ओालीले आगामी पाँच वर्षमा नेपालले ८८.१८ अमेरिकी डलर बराबरको  लगानी गर्नुपर्ने देशको आवश्यकता रहेको जनाएका थिए । उनले देशको आर्थिक बृद्धि दुई अंकमा लानु पर्ने आवश्यक औंल्याउदै यस्तो बताएका थिए ।

आर्थिक बृद्धिका लागि विगतका दुई दशकमा आवश्यक लगानीका लागि देशको लागनी वातावरण  राम्रो नभएकोमा नेपाल उद्योग वाणिज्य माहासंघको बुझाइ रहेको छ ।

महासंघकी अध्यक्ष भवानी राणाले विगतमा राजनीतिक अस्थिरता, श्रम समस्यार ऊर्जाको आपूर्तिको समस्याजस्ता आर्थिक गतिविधिको बाधक कारणहरू उपस्थित रहेको बताएकी छिन् । उनले भनिन् “विगतको दुई दशकमा हाम्रो लगानी वातावरण अनुकूल नभएर पनि अपेक्षित आर्थिक बृद्धि प्राप्त हुन नसकेको हो ।”

आर्थिक बृद्धिले गतिलिने विश्वास उनले जनाउँदै भनिन् “अहिले अवस्थामा सुधार भएको छ । हामीसँग एक शक्तिशाली र स्थिर सरकार छ । यस्तो सरकारले आशामुखी परिणामहरू दिन सक्छ ।”