प्रचार अभियानको दुरूपयोग रोक्न भारतमा निर्वाचनमा डिजिटल अनुगमन

प्रचार अभियानको दुरूपयोग रोक्न भारतमा निर्वाचनमा डिजिटल अनुगमन

भारतमा निर्वाचनको तिथि नजिकिदैं जाँदा प्रचार अभियान आक्रामक बनेको छ । खासगरी सामाजिक सञ्जालमा प्रचार अभियान तीब्र बनेको छ । यसको नियमन र नियन्त्रण भारतमा धेरै ठूलो चुनौती बनेको छ । तर, यसलाई व्यवस्थित गर्न नयाँ तरिकाको पनि अवलम्बन गरिदैंछ ।  
 

फेसबुक, गुगल, ट्विटरजस्ता अन्य डिजिटल सामाजिक सञ्जालको दुरूपयोग निर्वाचनमा हुने गरेको चिन्ता, चासो सम्बोधन गर्न भारतको लोकसभा निर्वाचनमा यी वेबसाइटले सहयोग गर्ने भएका छन् ।

यी डिजिटल वेब साइटबाट निर्वाचन आचार संहिताको उल्लंघन हुने गरी प्रचार प्रसार हुन नदिन यी सामाजिक सञ्जालले विश्वास दिलाएका छन् । 

सामाजिक सञ्जालको माध्यमबाट अनलाइन छलफल र आमसभा हुने गरेको सन्दर्भमा गत साता दि इन्टरनेट एन्ड मोबाइल एसोसिएसन अफ इन्डियाले एक ‘स्वयम् सेवी आचार संहिता’ जारी ग¥यो । यो आचार संहिता भारतको निर्वाचन आयोगसँगको सल्लाहमा गरियो । यो आचार संहिता अनुसार फेसबुक, गुगल, ट्विटर जस्ता सामाजिक सञ्जालले निगरानी गर्ने छन् ।

निर्वाचन आयोगले अगस्ट २०१८ मा सर्वदलीय सम्मेलनको आयोजना गरेको थियो । यो निर्वाचनमा हुने खर्चको सन्दर्भमा थियो । सत्तारूढ पार्टी भाजपाले यो पहलको विरोध जनाएको थियो । हालै सार्वजनिक भएको रिपोर्ट अनुसार भाजपाले ‘भारत के मन की बात’ ‘राष्ट्र के साथ नमो’ जस्ता फेसबुक पेजका लागि गरेको खर्च सबै पार्टीहरूमा बढी गरेको छ । 

भाजपाले फेब्रुअरी २०१९मा २.३७ करोड भारु खर्च गरेको छ । सो अवधिमा क्षेत्रीय पार्टीले १९.८ लाख भारु खर्चेका छन् । कांग्रेसको खर्च १०.६ लाख भारु रहेको देखिएको छ । सामाजिक सञ्जालको खर्च नगद हुने गरेको छ ।