इशारा इशारैमा  चीनले अमेरिकालाई आतंकवादको सबैभन्दा ठूलो संरक्षक दर्शायो

इशारा इशारैमा  चीनले अमेरिकालाई आतंकवादको सबैभन्दा ठूलो संरक्षक दर्शायो

पाकिस्तानस्थित अवैध लडाकु संगठन जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरलाई संरक्षण गरिरहेको आफूमाथिको आरोपको खण्डन गर्दै चीनले अमेरिकालाई दुनियाँमा आतंकवादको सबैभन्दा ठूलो संरक्षक भएको बताएको छ ।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता जेङ शुआङले कुनै देशको नाम नलिँदै भने “केही देश विशेषले चीनले प्रावधिकरूपमा कालो सूचीमा नराख्न गरेको आग्रहलाई आतंकवादीको संरक्षण गरिरहेको आरोप लगाउँछन यसको अर्थ सबै देशले आतकंवादीको संरक्षण गरिरहेको अर्थ लाग्छ । यस्तो यदि हुँदो हो भने ती देश आतंकवादका सबैभन्दा ठूलो संरक्षक हो र हामी त्यसो भन्नु हुन्छ र ?”

भारतको पुलवामा आक्रमणमा उसको हात रहेको भन्दै अमेरिकाले फ्रान्स र बेलायतसँग मिलेर संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को समिति १२६७ मा अजहरलाई आतंकवादीको सूचीमा राख्न गरेको प्रयासलाई प्रावधिक रूपमा स्थगनमा राख्न भनेको चीनको भनाइप्रति अमेरिकाले यस्तो आरोप लगाएको थियो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनले मुस्लिम आतंकवादीहरूको संरक्षण गरिरहेको आरोप लगाए । यसको जवाफमा चिनियाँ प्रवक्ता गेङले चीनले भारत पाकिस्तानबीचको समझदारीलाई बढी संवादको माध्यमबाट सुझाउन सकिने अवस्थाका लागि प्राविधिकरूपमा यो कारबाही स्थगन गर्न भनेको बताए । उनले भारत र पाकिस्तानबीच भइरहेको संवादको स्तर र अवस्थाबारे तत्काल खुलाउन नसकिने बताउँदै उनले यसतो बताए ।