लेनिन, वार कम्युनिज्म र नयाँ आर्थिक नीति

लेनिन, वार कम्युनिज्म र नयाँ आर्थिक नीति

सन् १९२१ वरिपरि रूसको अर्थव्यवस्था युद्ध साम्यवाद ‘वार कम्युनिज्म’ को प्रभावबाट प्रभावित हुन पुगेकोे थियो । समाजवाद एक राम्रो टिप्पणीको रूपमा सुरू भएको थिएन । भ्लादिमिर लेनिन अर्थव्यवस्थाको दुर्भाग्यपूर्ण स्थितिबाट चिन्तित थिए । कमजोर अर्थतन्त्रका बारेमा प्रतिक्रिया जनाउँदै लेनिनले एक योजना अंगीकार गरे । त्यो योजनालाई सुधारको नयाँ आर्थिक नीति भनियो । यो नयाँ आर्थिक नीति तत्कालीन रूसी शासक जारको अर्थनीतिको ठाउँमा लेनिनले अंगीकार गरेका थिए । 

रूसमा पुँजी ल्याउन नयाँ आर्थिक नीतिलाई निपूणतापूर्वक तयार पारिएको थियो । यसमा रूसको अर्थतन्त्रलाई समृद्ध बनाउन नयाँ आर्थिक नीति तयार पारिएको थियो । यद्यपि केही समाजवादीहरूले यो नीतिलाई खुला बजार आर्थिक शैलीभन्दा धेरै टाढा जान सक्ने र सम्भवतः सोभियत संघलाई स्थायी रूपमा एक पुँजीवादी अर्थव्यवस्थाको स्वामित्वमा लैजान सक्ने तथा यसबाट समाजवादी प्राथमिकतालाई नष्ट पार्ने विश्वास व्यक्त गरेका थिए । तर समाजवाद प्राप्त गर्नका लागि पर्याप्त बलियो अर्थतन्त्र नभएसम्म पुँजीवाद ल्याउनु यो नीतिको मूल योजना थियो । 

सन् १९१७ मा बोल्सेभिक क्रान्तिपछि  लेनिन र उनको पार्टीले त्यतिखेर समाजिक परिवर्तनहरूबाट पीडित रूसी अर्थतन्त्रका लागि उचित व्यवस्थाका लागि एक अवधारणा गरेको थियो । रूसी क्रान्ति अघि रूसमा किसान, उच्च र शासक गरी तीन वर्ग थिए । त्यतिखेर केही सुधार गरिएको भए पनि किसानहरूलाई राम्ररी व्यवहार गरिएको थिएन । तिनका नाममा गरिएका सुधारको लाभ उच्च वर्गले प्राप्त गरिरहेका थिए । ठीक यही समय पहिलो विश्व युद्ध भइरहेको थियो जसका नकारात्मक असर मात्र रूसी अर्थतन्त्रमा परेन कि रूसी समाजमा पनि प¥यो ।

यसको असरको रूपमा परेको पहिलो विषय ‘वार कम्युनिज्म’ थियो । गृहयुद्धका बेला प्रयोगमा ल्याइने अर्थतन्त्र युद्ध सुरू हुनुअघि नै गरियो र गृहयुद्ध सकिएपछि सन् १९२१ सम्म रह्यो । जब बोल्सेभिकहरूले सत्ता कब्जा गरे त्यतिखेर लेनिनले देशभित्रका समस्याहरूका बारेमा मात्रै होइन, आर्थिक र सामाजिक समस्यालाई बुझ्ने क्रममा अवमूल्यन गर्न पुगे । क्रान्तिपछिका केही महिनाहरूमा परिवर्तन हुन सक्ने जति सबै विषय परिवर्तन गरिए । (लेनिन, ५) । सोभियत युनियनमा त्यतिखेर सुरूवातका पहिला महिनाहरूमा भएको सबैभन्दा गहन परिवर्तनहरूमा पुँजीपतिहरूबाट तिनका निजी सम्पत्ति, खेत, कारखाना, मिल, रेलकोडहरू, बैंकहरू र अन्य सबै सम्पत्ति बिनाकुनै क्षतिपूर्ति राज्यले कब्जा ग¥यो । (लेनिन, ५) ।

लेनिनले त्यतिखेरको सरकार र जनताका सबै थोक लिइरहँदा गल्ती गरे र उनीहरूले पूर्ण साम्यवाद आएको अवस्थामा गरिने व्यवहार गरिरहँदा त्यतिखेरको परिवर्तनका लागि आर्थिक अवस्था पूर्णरूपमा तयार नरहेको बिर्सिए (कपलान) । यसका साथै त्यहाँ बेरोजगारी दर आकासियो । झण्डै सबै उत्पादनमूलक क्षेत्र र खुद्रा व्यवसायलाई राष्ट्रियकरण गरियो । किसानका उत्पादनहरू राज्यले बलपूर्वक अधिग्रहण ग¥यो । यसो गर्नुका पछाडि यी उत्पादनहरूको वितरण सबैमा समान रूपले गर्नुपर्ने विचारबाट गरिएको थियो । बँधुवा मजदुर नीतिलाई नागरिक र सैनिक दुबै शक्तिलाई सेवा उपलब्ध गराउने नीतिमा स्थापित गरियो ।

समस्यालाई सम्बोधन गर्दा, साथसाथै पुँजीवादको पुनरुत्थानको स्पष्ट समाधान खोज्दा लेनिन भन्छन्, “अभूतपूर्वरूपमा विस्थापित हुन पुगेको देशलाई स्पष्टरूपमा पुनः सही अवस्थामा फर्किन यो मात्र सुरूवात हुन्छ, यसको ध्वंशको पूर्ण गहिराइलाई मात्र अनुभव गरेर हुँदैन, बन्द उद्योगको बन्दोवस्त गर्ने कठिनाइ, फसलको बिनास, खडेरी र महामारीजस्ता सर्वाधिक भयानक कठिनाइबाट पीडित हुनुपर्छ” (लेनिन) ।

घटनाक्रमले लेनिन नेतृत्वको बोल्सेभिकले खडेरी, स्रोत साधनको अभाव र कुपोषणका कारण हुने रोगजस्ता “युद्ध साम्यवाद”को समग्र घेरामा रूस डुब्नै लागेको अनुभव ग¥यो । यी सबैलाई स्वीकार्दै लेनिन भन्छन्, “हामी इतिहासकै उच्चतम् ठाउँमा पुगेका छौं ठीक यही बेला  र ऐतिहासिक सङ्घर्षको सबैभन्दा कठिन चरणमा पनि आइपुगेका छौं ।”

२५ अप्रिल, १९२१ मा लेनिनले फरक कर नीति ल्याए । जसमार्फत् अतिरिक्त भोजन नीतिलाई विस्थापित गर्नुपर्ने थियो वा केही किसानहरूलाई खेती गर्न अनुमति दिने नीति ल्याउन लागिएको थियो । जुन यसअघि सबै खेती राज्यले गर्ने नीतिको रूपमा ल्याइएको थियो । सामूहिक खेतीबाट उत्पादित फसल सबै राज्यको भण्डारमा जाने र ती फसलको वितरण सबैलाई खाना पु¥याउने गरी गर्नु पर्ने थियो । 

सैद्धान्तिक रूपमा यो वैध प्रणाली थियो । यो नीतिलाई एकपटक ल्याइयो तर देशमा खडेरी हुँदा जनतालाई पर्याप्त भोजन प्राप्त नहुने समस्या देखाप¥यो । यसलाई ठीक ढङ्गले व्यवस्थापन गर्न सरकार निसहाय देखियो । 

एक निश्चित कर निर्धारण गरी ‘फरक कर प्रणाली’ अतिरिक्त भोजन नीतिलाई विस्थापित गर्न ल्याउन लागिएको थियो । जसको बारेमा किसानहरूलाई समयपूर्व जानकारी गराउनुपर्ने थियो । ‘युद्ध साम्यवाद’को भारले थिचिएका किसानहरूलाई केही हलुङ्गो अनुभव होस् र उनीहरूलाई खेतीकिसानी गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यका साथ यो ‘फरक कर प्रणाली’ ल्याउन लागिएको थियो । लेनिनले यो ल्याएको भए ठूलो आत्मविश्वासका साथ आफ्ना खेतमा काम गर्न किसान उत्साहित हुने थिए र त्यसका लागि एक चाहना हुने थियो, जुन विषय त्यतिबेला मुख्य थियो । ‘फरक कर प्रणाली’ले उत्पादन बृद्धि गर्न किसानलाई पुरस्कार मात्र दिने थिएन, सँगै उनीहरूलाई आफैले उत्पादन गरेका अन्नबालीलाई बजारमा मुनाफाका लागि बिक्री गर्न पाउने स्वतन्त्रता प्राप्त हुने थियो । ‘युद्ध साम्यवाद’ले उनीहरूलाई यो अधिकारबाट बञ्चित गरेको थियो ।

संयोगले लेनिनले तत्कालको साम्यवादको वजनबाट रूसको अर्थतन्त्र धराशायी भइरहेको महसुस गरे साथै किसानहरू बहुसङ्ख्यक रहेको देशमा सरकार सर्वहाराको हितमा रहेको छ, जसको कूल जनसङ्ख्या १० प्रतिशतभन्दा पनि बढी छैन । जुन सर्वहारा वास्तविक रूपमा कारखानाका मजदुरबाट बन्ने गर्छन् । बाँकी त किसानै थिए । त्यसैले यी विषय नयाँ आर्थिक नीतिमा समावेश गर्न आवश्यक थियो । त्यसो नगरिए ‘युद्ध साम्यवाद’ले अर्थतन्त्रलाई निरन्तर समस्यामा पारिरहने अनुभव लेनिनले गरेका थिए ।

अक्टोबर १९२१ मा राजनीतिक शिक्षा विभागको दोस्रो अधिबेशनमा लेनिनले नयाँ आर्थिक नीति र युद्ध साम्यवादको ध्वंशकारी असरबाट बच्न यसको उपायको कार्यान्वयनका बारेमा बहस अगाडि बढाए । यो अधिबेशनमार्फत् बोल्सेभिकहरूले आफ्नो विजयको पहिलो महिनामै साम्यावादी अधिकारहरू स्थापना गर्ने निर्णय गरे । निम्न बुर्जुवा आर्थिक नीति र साम्यवादी आर्थिक नीतिबीच पुलको काम गर्ने गरी पुँजीवादको उपयोग गर्ने निर्णय गर्नुपर्नेमा त्यसो नगरिएकोमा गल्ती भएको निष्कर्ष त्यतिबेला निकालिएको थियो । 

तर पनि विषय यतिमात्र थिएन । खाद्यान्नको अभाव हुन पुग्यो तथा यसले कुपोषण, रोग र मृत्यु निम्त्यायो । यसले श्रमिक वर्ग र किसानलाई मात्र प्रभावित पारेन, रूसी अर्थतन्त्रलाई पनि तत्काल असर ग¥यो । नयाँ आर्थिक नीति एक रणनीतिक पुनरागमनबाहेक अन्य केही नहुने निर्णय गरियो ।

निःसन्देह यो स्थायी प्रकृतिको नीति नहुने र यसले ‘युद्ध साम्यवाद’बाट थिचिएको रूसलाई सघाउ पु¥याउनका लागि सहयोगी भूमिका मात्र निर्वाह गर्ने थियो । निजी व्यवसायलाई अनुमति दिनेखालको खुला बजार नीति ल्याइने जसअन्तर्गत भोजन प्रक्रिया र कृषि भूमिको राष्ट्रियकरणको नीतिलाई विस्थापित गर्ने खालको नीति थियो ।

आर्थिक नीतिका बारेमा लेनिनका राजनीतिक एवम् आर्थिक भनाइले यो नीति समाजवादी अर्थतन्त्रको निर्माणका लागि अधारशीला हुने पूर्णरूपमा विश्वास दिलाउँछ । यो पुँजीवादी अस्तित्वको आधारमा हुनुपर्ने थियो । 

आधारभूतरूपमा यो नीति पुँजीवादी अर्थतन्त्र र साम्यवादी राजनीतिको संयोजन हुने थियो । ठूला व्यवसायहरू अझ राष्ट्रियकृत हुने थिए । यसो गरिरहनुमा निम्न बुर्जुवालाई विश्वास दिलाउनु थियो वा पुँजीवादी साम्राज्यवादीहरूले यो नीतिबाट धेरै शक्ति आर्जन गर्न नसकून् वा समाजवादी  समाजले विकास गर्ने अवसर प्राप्त गरिरहून् भन्ने थियो । पुँजीवादले साम्राज्यवादको अगुवाइ गर्ने लेनिनको विश्वास थियो । यो त्यो समूह थियो, जसलाई लेनिनले निर्मूल गर्न खोजेका थिए ।

नयाँ आर्थिक नीतिले पुँजीवादमा हेरफेर गर्न चाहेको थियो र यसले श्रमको परिणाम नै पुँजी निर्माण हुने विश्वास दिलाउन खोजेको थियो । साथै यो नयाँ आर्थिक नीतिमार्फत् साम्राज्यवादले प्रणालीमा घुसपैठ गरी पुनः सत्ता प्राप्त गर्न नसक्ने विश्वास दिलाउनु थियो ।

यो समाजवादी मोडका अतिरिक्त नयाँ आर्थिक नीतिले सफलतापूर्वक साम्यवादमा लान सक्ने गरी अर्थतन्त्रमा सुधार गर्न सोभियत संघलाई अस्थायी रूपमा पुँजीवादको स्वाद चखाउन खोजेको थियो । नयाँ आर्थिक नीति भनेको पुँजीवादलाई उल्लेख्य रूपमा पुनस्थार्पित गरिरहनु थियो । यसको अर्थ भोजन प्रक्रिया तथा खाद्यान्न वितरण प्रक्रियालाई खारेज गर्नु रहेको थियो । यसको ठाउँमा किसानलाई मुनाफाका लागि खाद्यान्न बिक्री गर्न पाउने अनुमति दिन खोजिएको थियो । यसमा खेती गर्न दिइएका किसानमाथि न्यूनस्तरको कर लगाउने नीति लिइएको थियो । यसो गरिएपछि वैदेशिक व्यापार र उद्योगको अनुमति दिइने भएको थियो । (लेनिन, ६४) ।

यो नीतिको कार्ययोजना ‘युद्ध साम्यवाद’ले गर्दा वर्षौदेखि ध्वस्त भएका कारखानाहरूको पुनर्निर्माण गर्नु एवम् पुनर्सञ्चालनमा ल्याउनु र यस्ता कारखानाहरूमा सर्वहाराहरूलाई फेरि काममा लगाउनु थियो । साथै यी कारखानाका उत्पादनहरूलाई किन्न र बेच्न पाउने अनुमति दिएर जनता र राज्यको  जीवनमा सुधार ल्याउन यी उत्पादनहरू उपयोगी हुने निर्णय लिइएको थियो । यसबारे लेनिनले भनेका छन्, “सामाजिकरूपले उपयोगी हुने वस्तुहरूको उत्पादन गर्न कारखाना सक्रिय हुनेछ ... यो लाभ लिनमात्र होइन, ...चुरोट सल्काउने लाइटरको बिक्रीबाट लाभमात्र होइन यो जीवनका लागि धेरै उपयोगी छन् र यसको उपयोगिता बन्द भएका कारखाना सञ्चालनका लागि धेरै महत्वपूर्ण छन् ।” (लेनिन, ६६) ।

बोल्सेभिकहरूमाझ सबैभन्दा ठूलो चासोको विषय थियो, “कसले जित्छ, पुँजीवादी वा सोभियत सत्ता ?” (लेनिन, ६५) । वास्तवमा पुँजीवादीहरूले फेरि एकपटक सत्ता कब्जामा लिएर सरकार र अर्थतन्त्रमा साम्राज्यवादीलाई फर्काउने त होइनन् भन्ने एक वास्तविक आशङ्का थियो । यो विशेष दस्तावेजमा लेनिनले भनेका छन्, “पुँजीवादी, जसलाई हामी ढोकाबाट आउन अनुमति दिन्छौं, र यहाँसम्म कि धेरै ढोकाहरूबाट अनुमति दिन्छौ, त्यसबारे चिन्तित छौं । तर, अन्य धेरै ढोकाहरूबाट, अझ भनौं हामीले आउन दिएको ढोका मात्रै होइन; हामीले नचाहेको ढोकाबाट पनि आउन सक्छन्, जसबारे हामी जानकार छैनौं ।” (लेनिन, ६५) ।

लेनिनका अनुसार दुई विकल्प थिए– कि पुँजीवादीहरूले सत्ता कब्जा गर्छन् एवम् कम्युनिष्टहरूलाई लखेटी भगाउँछन् वा सर्वहारा एवम् किसानहरूले पुँजीवादलाई राज्यको सेवा गर्न उपयोग गरिरहनुपर्छ । (लेनिन ६६,) । साम्यवादीलाई पुँजीवादीहरूले सत्ताच्यूत गरिरहने सम्भावना सधैंभरि रहन्छ । लेनिन र उनको पार्टीले कठोर परिश्रम गरी सत्ताच्यूत गरिएको पुरानो सत्ता फेरि एक पटक आउन सक्ने र सबै दोषजति साम्यवादीहरूमा थोपरेर दमनकारी साम्राज्यवादीहरूलाई स्वागत गरिरहन सक्नेछ ।

नयाँ आर्थिक नीतिको प्रस्तावमा धेरै बलियो विषय भनेको, ‘व्यक्तिगत प्रोत्साहन र जिम्मेवारीको सिद्धान्त’ थियो । यसअघि उल्लेख गरिए अनुसार नयाँ आर्थिक नीतिले  किसानहरूलाई खुला व्यापारको अनुमति दिने र उनीहरूलाई कृषि उपज राख्न वा बिक्री गर्न पाउने अनुमति दिइन्थ्यो, जसका लागि किसानहरूले न्यून परिमाणमा कर दिनुपर्ने थियो ।’ अर्कोतर्फ जनतालाई यो नीति जनताका लागि ल्याउन लागिएको विश्वास दिलाउन आवश्यक थियो । यसअघि पुँजीवादीले साम्यावादीलाई लखेटेर सत्ता फेरि कब्जामा लिने त होइनन् भन्ने व्यक्त आशङ्काबारे विचार गरिएको थियो ।

सोभियत जनताले अब बोल्सेभिक र कम्युनिस्ट पार्टीको रक्षा मात्र गर्नुपर्ने थिएन कि साम्यवादका कारणलाई रक्षा गर्नुपर्ने अपेक्षा थियो । जनता साम्यवादी मूल्य मान्यताहरूलाई माथि उठाउन खोज्ने साम्यवादीको पक्षमा र हटाउन खोज्ने पुँजीवादीहरूविरूद्ध लड्ने अपेक्षा थियो । यदि लेनिनले यो ल्याएमा यो आदेश र अनुशासनबाट हटेर दुश्मनलाई बीचमा घुसाउन जोसुकैले अनुमति दिन्छ । (लेनिन, ७१) ।

यस विषयलाई थप सुनिश्चित गर्न सोभियत सरकाले धेरै रणनीतिबारे छलफल ग¥यो, जसले पुँजीपतिलाई नियन्त्रणमा राख्न सक्थ्यो । १७ अक्टोबर, १९२१ मा सम्पन्न राजनीतिक शिक्षा विभागको दोस्रो अधिबेशनमा लेनिनले अपनाउनुपर्ने यी सावधानीका विषयमा ध्यान दिए । जसअन्तर्गत पहिलेको सरकारले नअपनाएका मापदण्ड, सम्पत्ति हरणलगायतका कठोर र ठोस उपाय अपनाउन पार्टीले लेनिनको ध्यानाकर्षण गरेको थियो । “(लेनिन, ७१) ।


लेनिनका दस्तावेज साम्यवादप्रति समर्पित र साम्राज्यवाद एवम् पुँजीवादविरूद्ध विश्वासको बलियो अभिव्यक्तिसहित आएका थिए । उनका भनाइलाई गहिरो विश्लेषण गर्दा पुँजीवादीहरूको मानसिक चिन्ताको विषयमा आशङ्का गर्नु स्वाभाविक भए पनि उनले पुँजीवाद पुनस्र्थापनाको खतरालाई बुझेका मात्रै थिएनन् कि यो उनका लागि वास्तविक भयको विषय थियो । यसबारे उनको चिन्ता यो कथनबाट प्रस्ट हुन्छ, “सोभियत जनता अब पुँजीवादीहरूको वरिपरि रहेर काम गर्नेछन् र उनीहरूलाई भीडबाट टिप्न कठिन हुनेछ ।” तर तथ्य के पनि छ भने, “ उनीहरूले तपाईंको मुनाफालाई निचोर्ने छन् र तपाईंका अगाडि उनीहरूले आफूलाई धनी बनाउनेछन् ।” (लेनिन, ७२) ।

दुर्भाग्यवश नयाँ आर्थिक नीति छोटो समय मात्र देखियो । जनवरी १९२४ मा लेनिनको मृत्यु भयो । स्टालिनको पञ्चवर्षीय योजना सोभियत संघमा प्रवेश ग¥यो र तुरुन्तै नयाँ आर्थिक नीतिलाई परित्याग गरियो । यो नयाँ आर्थिक नीतिको परीक्षण असल वा खराब के थियो भन्ने साबित हुन पाएन ।

एक किसिमले भन्नु पर्दा नयाँ आर्थिक नीतिले वास्तवमै सोभियत अर्थतन्त्रमा सुधार ल्याएकै थियो । तर प्रथम विश्वयुद्धका बेला एक तहलाई मात्र सहयोग गरेको थियो । किसानहरू सरकारका अपेक्षा पूरा गर्दै थिए तर उनीहरूको हितमा खुला बजार अर्थतन्त्रको शैलीमा गरिएको सम्झौतालाई कार्यान्वयन गरिएन । जसले गर्दा ‘युद्ध साम्यवाद’ का बेलामा देखिएको निराशाको तुलनामा केही प्रगति भए पनि पर्याप्त प्रगति हुन सकेन । स्टालिनको दिमागमा नयाँ आर्थिक नीतिमा जानुपर्ने विषय आयो ।

आर्थिक असफलता, अनिकाल र बेरोजगारी बढेका बेला नयाँ आर्थिक नीतिलाई चतु¥याइँपूर्वक सिर्जना गरिएको थियो । साम्राज्यवाददेखि साम्यावादसम्मको संक्रमणको क्रममा गल्ती भयो, जुन गल्ती आधारभूत आर्थिक– सामाजिक कानुनका आधारमा हुन सक्दैन । परिणामस्वरूप  नयाँ दृष्टिकोण बनाइए । जसमा सामूहिक प्रयास, पुँजीवाद, र सेवा सबैलाई एकै ठाउँमा समावेश गरी राज्यका लागि बनाइयो ।

स्वाभाविक रूपमा नयाँ आर्थिक नीति सोभियत अर्थतन्त्र वा राजनीतिमा स्थायी तवरले ल्याउन खोजिएको थिएन तर पुँजीवादको प्रयोग गरेर अर्थतन्त्रमा एक किसिमको सुधार ल्याउने एक ढुङ्गा राख्ने काम थियो, जुन साम्यवादी मोडको रूपमा थियो । खुला अर्थतन्त्र र खुला व्यापार एवम् बिक्रीका वावजुद अर्थतन्त्र राज्यका लागि अपरिहार्य हुने र यसको मुख्य उद्देश्य नयाँ आर्थिक नीतिबाट पुँजी ल्याएर राज्य, यसका जनता र पार्टीलाई बलियो पार्नु थियो, जसको माध्यमबाट वास्तविक आदर्श साम्यवादको तयारी गर्नु थियो । 

एक पटक फेरि यो बुद्धिमानीपूर्ण बनाइएका योजना पछाडि लुकेका बौद्धिक शब्दहरूको उपयोग गरी हेर्दा हामीले पाउनेछौं– जो काम गर्छन्, उनीहरूले आफूलाई मजदुर र किसानको राज्यलाई सुदृढ पारिरहन समर्पित गर्छन् । (लेनिन, ७२) । यो नयाँ आर्थिक नीतिको माध्यमबाट, हामी हामीले खोजेको स्थितिको एक झलक मात्र पाउँदैनौ, सँगै सोभियत जनता र तिनको कल्याणका लागि हामीले समर्पण, आवेग, अनुशासन, र मनोकाङ्क्षाको बुझाइ प्राप्त गर्न सक्छौं ।

नयाँ आर्थिक नीतिको विकास गर्न तीन वर्ष मात्रै कसरी लाग्यो होला भनी सोचेर जोसुकैलाई अचम्म लाग्न सक्छ । लेनिन बाँचेका भए साम्यवादभित्रको पुँजीवादको यो प्रणाली बाँचिरहेको हुने थियो त ? अहिले यो बहसको जवाफ खोज्ने समय हो । समर्पित लेनिनवादीहरू लेनिन अझ एक दशक बाँचेका भए नयाँ आर्थिक नीति कार्यान्वयनमा आउने थियो वा उनीहरू यो कार्यान्वयन गराउन चाहन्थे होलान् । 

अन्य धेरै विषयहरूमध्ये यो नयाँ आर्थिक नीति विकसित हुने थियो र यसबारे  सामान्य भ्रमहरू सच्चिने थिए होलान् । तत्कालीन साम्यवादका परिणामहरूको अनुभव गरेपछि समयसँगै एक सन्तुलित र सफल अर्थतन्त्र भित्र्याउनुपर्ने विश्वास लेनिनले गरेका थिए, जसको कुनै लम्बाई र सीमा हुने थिएन ।
(हेलेन एम ग्लाजाको अध्ययनको भावानुवाद)