स्काई ट्रकसहित प्रधानमन्त्री र गृहमन्त्री बारामा

स्काई ट्रकसहित प्रधानमन्त्री र गृहमन्त्री बारामा

रामबाबु मेहता

१८ चैत्र, बारा । हिजो आइतवार साँझ आएको हावा हुण्डरीले बारा पर्सा जिल्लामा ३२ जनाको मृत्यु भइसकको छ । यो हताहतीको संख्या कति पुग्ने हो अझै यकिन हुन सकेको छैन । हावा हुण्डरीमा परेर चार सयभन्दा बढी घाइते भएका छन् ।

यतिखेर राहत सामग्रीसहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ स्काइ ट्रकसहित घटना स्थलतर्फ आउन लागेको भन्दै यहाँ व्यापक प्रचार भइरहेको छ । उनले झापामा भएका प्रधानमन्त्री केपी ओलीलाई लिएर घटनास्थलतर्फ आउने भएका छन् । प्रदेश नं. २ का मुख्यमन्त्री लालबहादुर राउत घटनास्थलतर्फ १२ बजे आइपुग्ने प्रचार छ ।

तीन वटै सुरक्षा संयन्त्रका प्रमुखहरु बारा आइसकेका छन् ।