हावाहुरीका कारण २७ जनाको मृत्यु 

हावाहुरीका कारण २७ जनाको मृत्यु 

काठमाडौं, १८ चैत ।    बारा र पर्साका विभिन्न स्थानामा हावाहुरीका कारण २७ जनाको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । 

बारा, बारा जिल्लाको बिभिन्न स्थानमा आइतबार राति आएको हावाहुरी तथा असिना पानीको कारण घर तथा इँट्टाभट्टाको चिम्नी भत्कन गई २६ जनाको मृत्यु भएको छ । साथै हावाहुरीमा परी घाइते भएका व्यक्तिहरुलाई प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा उद्दार गरी विभिन्न अस्पतालमा पठाएको छ । घाइतेमध्ये १ सय १६ जनाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा, १ सय जनाको नेशनल मेडिकल कलेज वीरगंजमा, ३८ जनाको वीरगंज हेल्थ केयरमा र २८ जनाको गण्डक अस्पताल वीरगंजमा उपचार भइरहेको छ । 

मृतकमध्ये २६ जनाको सनाखत भएको र ८ जनाको सनाखत कार्य भइरहेको छ । उक्त स्थानमा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु तथा सशस्त्र प्रहरी बलबाट संयुक्त रुपमा सुरक्षाकर्मी खटिई आवश्यक उद्दार कार्य गरिरहेको छ । 

पर्सा, हावाहुरीको कारण वीरगंज उपमहानगरपालिका९१२ गण्डकस्थित त्रिशक्ति सिमेन्ट कारखाना अगाडि बिजुलीको पोल ढल्न गई हेटौंडाबाट वीरगंज जाँदै गरेको ना ६ ख ९३६० नम्बरको बसमा पर्न जाँदा गम्भीर घाइते भएका बसमा सवार सोही उपमहानगरपालिका १८ बस्ने १८ वर्षीय सरोज रामको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । साथै घटनामा परी घाइते भएका बसमा सवार अन्य ५ जना मध्ये १ जनाको सोही अस्पतलामा उपचार भरहेको छ भने ४ जनालाई थप उपचारको लागि वीरगंज हेल्थ केयर रिफर गरिएको छ । 

यस सम्बन्धमा स्थानीय प्रहरीले उद्दार कार्य गरिरहेको छ ।