आईएनजीओहरु आन्तरिक सूचना संकलन गर्दैे, विप्लव पार्टीतिर केन्द्रित

आईएनजीओहरु आन्तरिक सूचना संकलन गर्दैे, विप्लव पार्टीतिर केन्द्रित


काठमाडौं । नेपालमा कार्यरत विदेशी कूटनीतिक नियोग तथा आईएनजीओहरुले नेपालको आन्तरिक राजनीति तथा अन्य पक्षहरुको बारेमा धेरै पहिलेदेखि नै सूचना संकलन गर्न लागेको आईएनजीओमा कार्यरत व्यक्तिहरुबीच चर्चा हुने गरेको छ ।

विप्लव पार्टीमै रहेर काम गरेका तर पछिल्लो समयमा असन्तुस्ट रहेकाहरुलाई विशेष प्राथमिकता दिएर काममा खटाइने गरेको सो सूत्रको दावी रहेको छ । 

ललितपुरको मानभवनस्थित ब्रिटिश क्याम्पमा कार्यरत देवेन्द्र श्रेष्ठले गोप्य सूचना संकलन गर्ने कार्यको अगुवाइ गरेको सो श्रोतको दावी छ ।

सरकारले केही दिन अघि मात्रै प्रतिवन्ध लगाएको विप्लव नेतृत्वको नेकपाको सूचना, नेपालको आन्तरिक प्राविधिक तथा पछिल्लो राजनीति पक्षको बारेमा रकम दिएरै विप्लवमा लागेर असन्तुस्ट भई बाहिरिएकालाई खटाएको बिश्वस्त श्रोतले झिल्कोलाई बतायो । उनीहरुलाई त्यस काममा लगाउँदा पछिल्लो नयाँ संगठनात्मक संरचना, हतियार तथा प्राविधिक पक्ष र नेतृत्वको विन्यासका बारेमा बुझ्न सजिलो भएको बताइन्छ ।

श्रोतका अनुसार जावलाखेलस्थित बेलायती विकास नियोग (डीएफआईडी) ले पनि मोटो रकम दिएर मानिसहरु खटाई नेपालको आन्तरिक, प्राविधिक तथा राजनीतिक सूचना संकलन गरिरहेको बताइन्छ ।