प्रलेसको सम्मेलनमा उठेका प्रश्न

प्रलेसको सम्मेलनमा उठेका प्रश्न

आरसी न्यौपाने

समाजवादी यथार्थवादको सम्बन्धमा मेक्सिम गोर्की भन्नुहुन्छ– ‘समाजवादी यथार्थवादले के घोषणा गर्छ भने जीवन भनेको कार्यवाही हो, सृजनशीलता हो जसको उद्देश्य हो प्रकृतिका शक्तिहरुमाथि मानिसको विजयीको लागि उसको स्वास्थ्य, दीर्घायुका लागि उसको निरन्तर बढ्दो आवश्यकता अनुरुप पृथ्वीमा बसाइको ठूलो सुखको लागि सर्वाेत्तम वैयक्तिक सामथ्र्यहरुको निरन्तर रुपमा विकास गर्नु र पृथ्वीलाई एउटै ठूलो परिवारमा एकताबद्ध मानव जातिको एउटा राम्रो घर बनाउनु हो ।’

माक्र्सवादी सौन्दर्य शास्त्रले कला, साहित्य र संस्कृतिको सृजनात्मक विकासको विधिको रुपमा समाजवादी यथार्थवादलाई आधार मान्दछ, सामाजिक गतिशील यथार्थको उदबोद्धन तथा प्रतिबिम्बनको रुपमा समाजवादी यथार्थवादलाई मानिन्छ । 

कला साहित्यको क्षेत्रमा वस्तुपरक वैज्ञानिक ढंगबाट पुष्टि हुने सत्य तथा यथार्थ सत्यलाई माक्र्सवाद आधारभूत सिद्धान्तको सौन्दर्यात्मक पक्षबाट उज्येलाउन थालेपछि यसलाई समाजवादी यथार्थवादको नामबाट चिनिन थालेको हो । सन् १९१७ को रुसी अक्टोबर क्रान्ति सम्पन्न भएपछि रुसमा यथार्थवादी लेखनको आरम्भ हुन पुग्यो । 

माक्र्सवादी विश्व दृष्टिकोणलाई आधार मानी सन् १९३४ मा रुसमा सम्पन्न अखिल रुसी लेखकहरुको सम्मेलनले यसको वैचारिक नाम समाजवादी यथार्थवाद राख्न सफल भयो । यसपछि यसले क्रान्तिकारी साहित्य लेखनको सिद्धान्तको रुप ग्रहण पुगेको हो । त्यस्तै सन् १९३५ को नोभेम्बरमा लण्डनमा सम्पन्न क्रान्तिकारी लेखकहरुको भेलाले स्थापना गर्न पुगेको प्रगतिशील लेखक संघ सशक्त रुपमा अगाडि बढ्यो । एवंरितले सन् १९३५ मै फ्रान्सको राजधानी पेरिसमा सम्पन्न ह्न पुगेको प्रलेसको प्रथम सम्मेलनद्वारा पारित वैचारिक प्रस्तावना प्रलेसको स्थापित आधारशीला बन्न पुगेका छ । यही प्रक्रियाबाट समाजवादी यथार्थवादी लेखनधाराले अन्तर्राष्ट्रियकरणको रुप ग्रहण पुगेको इतिहास जगजाहेर छ । 

नेपालमा प्रलेस

विश्व सर्वहारावर्गको महान् विचार माक्र्सवादको प्रभाव विश्वव्यापी हुँदै जाँदा रुसमा सन् १९१७ मा अक्टोबर क्रान्ति सफल भयो । स्न १९४९ मा चीनमा नयाँ जनवादी क्रान्ति सफल भयो । छिमेकी भारतमा स्वतन्त्रता आन्दोलन सफल भई भारत स्वतन्त्र हुन पुग्यो । यस विश्व राजनीतिको प्रभाव नेपाली राजनीतिमा पनि नपरिरहन सकेन । राणाविरोधी आन्दोलनको जगमा वि.सं. २००६ मा पुष्पलालको नेतृत्वमा नेकपा गठन हुन पुगेको परिघटना समाजवादी यथार्थवादको साहित्य लेखनको नेपाली शुभारम्भ मान्नु पर्दछ । २००७ मा प्रजातन्त्रको घोषणासँग नेपालको कम्युनिष्ट आन्दोलन एवम् प्रगतिवादी लेखनधारा सशक्त रुपमा अगाडि बढेको इतिहास हो । यही पृष्ठभूमिमा वि.सं. २००९ सालमा श्याम प्रसादको नेतृत्वमा प्रगतिशील लेखक संघ (प्रलेस) नेपालको स्थापना हुन पुगेको हो । श्रमजीवी सर्वहारावर्गको पक्षधर शक्ति नेकपाको विचारधारालाई प्रभावी एवं घनिभूत बनाउन प्रगतिवादी साहित्य लेखन आरम्भ हुन पुग्यो । समाजको अग्रगामी विकासको लागि समाजवादी यथार्थवादको अन्तरवस्तु आत्मसात गरी केही लुज मोर्चाको रुपमा प्रलेस स्थापना हुन पुगेको परिघटना ऐतिहासिक छ । प्रलेसले आफ्नो जीवनमा अनेकौं आरोह–अवरोहहरु झेल्दै सिद्धान्त समाजवादी यथार्थवादको प्रस्तावनालाई आत्मसात गर्दै आइरहेको छ । प्रलेस नेपाल नयाँ सौन्दर्य चेतना तथा परिवर्तनको सम्वाहक लेखकीय साहित्यिक मोर्चाको रुपमा स्थापित हुन पुगेको यथार्थ यसका गतिविधिबाट पुष्टि हुँदै आइरहेको छ । सामन्तवाद र साम्राज्यवाद, एकाधिकार दलाल पुँजीवाद, प्रभुत्ववाद भूमण्डलीकृत साहित्यविरुद्ध सिर्जनात्मक आवाजलाई बुलन्द गर्दै आइरहेको छ । 

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरुलाई पनि यसले आफ्नो लेखन धर्ममार्फत् आफ्नो राष्ट्रिय जिम्मेवारी पूरा गर्दै आइरहेको छ ।  यतिबेला प्रलेस नेपाल आफ्नो ११औं राष्ट्रिय सम्मेलनको संघारमा समुपस्थित छ । यही चैत्र २२ र २३ गते तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलको सभाहलमा सम्पन्न हुन गइरहेको राष्ट्रिय सम्मेलन राजनीतिक, वैचारिक, सांगठनिक दृष्टिकोणबाट संगठनलाई जुझारु र सशक्त बनाउने कार्यभारमा दिशानिर्देश हिुन गइरहेको छ । द्वन्दात्मक भौतिकवादी विश्व दृष्टिकोणलाई आत्मसाथ गरी जीवन र जगतको यथार्थ खुटयाई  परिवर्तनको मार्गमा जीवन व्यवहारलाई विश्लेषण गर्न नसकेको कारण शब्द र कर्मको मेल हुन सकेको छैन । माक्र्सवादी दृष्टिकोण अपनाइएको साहित्य समाजवादी यथार्थवाद हो । 

यसले समाजको प्रगतिशील रुपान्तरणको पक्षपोषण गर्दछ । श्रमजीवी किसान, मजदुर वर्गको जीवनलाई अन्याय, अत्याचार, दमन, शोषण गर्ने सामन्तवादी, साम्राज्यवादी दलाल पुँजीवादी विरोध गर्ने गर्दछ । यतिबेला प्रलेसको सांगठनिक गतिविधिलाई देशव्यापी रुपमा फैलाएर प्रगतिशील साहित्यिक आन्दोलनलाई प्रभावकारी बनाउन जरुरी छ । विचार दर्शनलाई भौतिक शक्तिको आवरणमा तल–तल जन एकाईहरुमा पु¥याउने महत्वपूर्ण साधन संगठन हो । विचार सिद्धान्तलाई व्यवहारतः लागू गर्ने गराउने सवालमा संगठनको ज्यादै ठूला भूमिका रहन्छ । प्रलेस नेपाल सम्पूर्ण वामपन्थी पार्टीहरुको साझा लेखकीय संगठन भएकाले यसको जोड कोणमा केही कठिनाइ देखा पर्दै आएको यथार्थ हो । प्रलेसको विद्यमान सांगठनिक संरचना बदलिंदो परिस्थितिको आत्मसात गरी पुर्नर्संचरना गर्न आवश्यक छ । साथै प्रलेसमा मातृभाषाका प्रगतिशील स्रष्टाहरुको उचित प्रतिनिधित्वको व्यवस्था गर्ने परिपाटीको सांगठनिक संरचना निर्माण अनिर्वाय बनेको छ । समाजवादी यथार्थवादी सृजनाले मानव जीवनको समग्र पक्षको प्रतिविम्बन गर्ने हुनाले यो वर्गीय हुन्छ । 

हाम्रो लेखनमा स्पष्ट रुपमा वर्गपक्षधरको धारा विकसित हुन नसक्नु अहिलेको चुनौती हो । प्रगतिवादी साहित्य कलात्मक विचार हो । यसको मकसद पूर्ण रुपमा पूरा हुन नसक्नु पीडादायी छ । देशका ६० जिल्ला र ७ प्रदेशमा संगठन भएको प्रलेस नेपालले विगतको गम्भीर समीक्षा गरी राजनीतिक वैचारिक, सांस्कृतिक, साहित्यक रुपमा उचित कार्यदिशा निर्माणका साथ सक्षम नेतृत्वको निर्माण गर्नु सक्नुपर्दछ । प्रलेस  लामो इतिहास बोकेको वामपन्थी लेखक संगठन भएकोले पनि यसमा धेरैको  चासो पाइन्छ यो साम्राज्यवाद सामन्तवाद विरोधी मोर्चा भएकोले सांस्कृतिक साम्राज्यवादका खेतालाहरुले यसका विरुद्ध प्रक्षेपण गर्दै आइरहेका छन् । 


कार्लमाक्र्स भन्नुहुन्छ– ‘साहित्य उत्पादन र विनिमयको आर्थिक सम्बन्धको परिणाम हो ।’  साहित्यको क्षेत्र व्यापक र विस्तृत भएकोले यसलाई बुझ्न बुझाउन साँघुरो घेराबाट सम्भव हुँदैन साहित्यको चेतना वस्तुगत समाजको सापेक्ष हुन्छ । हाम्रो लेखन तथा साहित्यको मूल आधार समाजवाद यथार्थवाद हो भन्नेमा कुनै द्विविधा छैन । माक्र्सवादी लेखकले समाजवादी यथार्थवादमा विशेष जोड दिने हुँदा यो गतिवान हुँदै आएको हो । समाजको रुपान्तरणमा प्रलेस नेपालले नेतृत्व गरेको साहित्यिक सांस्कृतिक आन्दोलनले महत्वपूर्ण भूमिका खेल्दै आएको छ र खेलिरहनुपर्छ । यस सन्दर्भमा क.माओ भन्नुहुन्छ– ‘साहित्य राजनीतिको सेवक रहनु पर्दछ ।’ माक्र्सवादले साहित्यमा स्थापना गरेको विषय ः– कला– कलाको लागि र स्वान्त सुखायको नाममा लेखिने रचना बेयमानी झुट र नीचताका उदाहरण हुन् । 

जीवन र जगतलाई सौन्दर्यपरक आत्मबोध गर्न साहित्यले प्रेरित गर्दछ । त्यसैले कलासाहित्यलाई आत्मीक रुपान्तरणको साधनको रुपमा विकसित गर्न प्रलेस नेपाल सक्षम हुनुपर्दछ ।

यरतिबेला प्रलेस ११ औं राष्ट्रिय सम्मेलनको सम्मुख छ । जहाँसम्म प्रलेस नेपालको प्रतिरोधी चरित्रमाथि प्रश्न उठाइएको छ राष्ट्रियता, जनतन्त्र, जनजीवीकाको सवालमा प्रलेसले आफ्नो धारलाई केन्द्रित गर्ने प्रयास गरिरहेको छ । एउटा तथ्यमा हामी सपष्ट हुन जरुरी छ प्रलेसको जिम्मेवार पदमा रहेर कहिल्यै जिम्मेवारीबोध नगर्ने साथीहरु विगतमै प्रलेसबाट बाहिरिनुभएको थियो । क्रान्तिकारी माओवादी निकट साँस्कृतिक मोर्चा, जसको नेतृत्व ईश्वरचन्द्र ज्ञवालीले गर्नु भएको छ, उहाँहरुले प्रलेसउपर जुन प्रश्न उठाउनु भएको थियो, त्यसको समाधानका लागि उहाँलाई नै आगामी नेतृत्वका लागि प्रस्ताव नगरिएको होइन । प्रलेसको नेतृत्वका लागि असमर्थता जाहेर गरेको सन्दर्भमा उहाँहरुले प्रलेसको भूमिकाको विषयलाई लिएर गरेको टिप्पणीको सान्दर्भिकता पुष्टि हुँदैन ।

ज्ञवालीले नेतृत्व गरेको समूह मूलतः इमान्दार नै हो । यतिबेला प्रलेसको चरित्र र आगामी कार्यभारका विषयमा उहाँहरुसँग सहकार्य हुन नसक्नु तत्कालीन विषय मात्र हो । जहाँसम्म आहुतिलगायतका केही साथीहरुको प्रचारवाजी छ, त्यसबारे कसैमा भ्रम रहेको छैन । पछिल्लो समय आहुतिहरु साम्राज्यवादी प्रयोजनका विभिन्न साहित्यिक उत्सवका प्रवक्ता बन्दै आएका छन् । उनीहरुबाट प्रलेसको चरित्रका बारेमा कोकोहोलो मच्चाइनु वास्तविकताभन्दा टाढाको विषय हो । जो साम्राज्यवादको जुठोपुरोमा रमाइरहेको रहेको छ, उनीहरुबाट नेपालको प्रगतिवादी आन्दोलनमा कस्तो योगदान पु¥याउला ?

प्रलेसको ११ औं राष्ट्रिय सम्मेलनले यी सबै पक्षबाट फैलाइएका भ्रमलाई चिर्नेछ । नयाँ आवश्यकताले माग गरेको नेतृत्वसहित आफ्नो कार्यभार निश्चित गर्नेछ । र, प्रलेसको गौरवपूर्ण इतिहासलाई नयाँ परिवेश अनुसार परिभाषित गर्नेछ । समयबद्ध साप्ताहिकबाट