प्रधानमन्त्री ओलीसँग धेरै नै चिढिए देउवा 

प्रधानमन्त्री ओलीसँग धेरै नै चिढिए देउवा 

काठमाडौं । आफ्नो पार्टीभित्र चलखेल गरेको भन्दै नेपाली कांग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग धेरै नै चिढिएका छन् । 

संवैधिानिक अंगमा नियुक्ति गर्दा प्रमुख प्रतिपक्षी दललाई पनि एक एक कोटा दिने विगतको परम्परा थियो । संवैधानिक परिषदमा प्रतिपक्षी दलको नेता सदस्य हुने प्रावधान संविधानमै राखिएकाले विगतदेखि नै यो  परम्परा थियो ।  तर केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि यो परम्परा संकटमा प¥यो । प्रधानमन्त्री ओली  प्रमुख प्रतिपक्षी दललाई एउटा कोटा दिन तयार भएनन् । त्यसपछि देउवा संवैधानिक परिषदको बैठकमा समेत जान छाडे ।  

सरकार र प्रतिपक्षीदलबीचको पानी बाराबारको स्थिति अन्त्य गर्न सत्तारुढ पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अघि सरे । उनले प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दलका नेता देउवालाई छुट्टाछुट्टै भेटेर  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई प्रत्येक संवैधानिक अंगमा एक एक कोटा दिने प्रवन्ध मिलाए । केही साताअघि निर्वाचन आयोगमा केही पदहरु रिक्त भए । विगतमा नेपाली कांग्रेसको कोटामा आयुक्त बनेकी इला शर्माको ठाउँ पनि रिक्त भयो । इलाको ठाउँमा नेपाली कांग्रेसकै सिफारिसमा कुनै महिलालाई नियुक्ति गर्ने भन्दै प्रधानमन्त्री ओलीले देउवासँग नाम मागे ।  
देउवाले बन्दना राणाको नाम टेलिफोनबाटै टिपाए । बन्दना राणाका श्रीमान  देउवा पत्नी आरजु राणाका भदाह नाता पर्छन् । साथै बन्दना र देउवा पत्नी आरजु दारु खाने र तास खेल्ने पाटनर पनि हुन् ।  

देउवाबाट बन्दना राणाको नाम आउना साथ प्रधानमन्त्री ओलीले कांग्रेसका असन्तुष्ट नेता अर्जुननरसिंह केसीलाई टेलिफोन गरेर जानकारी दिए । केसीले तत्काल  रामचन्द्र पौडेललाई  खवर गरे । पौडेलले रामशरण महत, प्रकाशमान सिंह, डा. शशांक कोइरालालाई खवर गरी तत्काल आफ्नो घरमा मिटिङ नै बोलाए । यो घटनापछि बन्दनाको नाम फिर्ता लिन देउवा वाध्य भए । तर, पत्नी आरजुले मान्दै मानिनन् । नेपाली कांग्रेससँग कुनै साइनो नै नभएकी बन्दनालाई नियुक्ति गर्दा पार्टी पंक्तिबाट ठूलो संकट बेहोर्नु पर्ने र उनको विकल्पमा अर्को नाम प्रस्तुत गर्दा पत्नी आरजुबाट ठूलो खप्की खानुपर्ने अवस्था उत्पन्न भएपछि देउवाले संवैधानिक परिषदको बैठकमा उपस्थित नहुने पुरानो रणनीतिलाई निरन्तरता दिए ।   

बन्दना राणा प्रकरणपछि देउवाले आफ्ना निकटस्थ केही नेताहरुलाई निवासमा बोलाएर दारु खुवाएका थिए । उक्त बैठकमा देउवाले प्रचण्ड र ओली दुवैलाई धोकेवाज भन्दै तथानाम गाली गरेका थिए । अर्जुन नरसिंह केसी मार्फत ठूलो आर्थिक लगानी गरी प्रधानमन्त्री ओलीले आफ्ना विरुद्ध गतिविधि गरिरहेको आरोप पनि देउवाले लगाए । गत मंसीर यता मात्रै अर्जुननरसिंह केसीले ओलीलाई ३ पटक भेटेको सूचना आफूलाई प्राप्त भएको र ओलीकै पैसामा रामचन्द्र पौडेल लगायतले आफ्ना विरुद्ध गतिविधि गरेको देउवाको भनाइ थियो । 

  पौडेल पक्ष पछि हट्दै

सभापति देउवाले कडा कदम चाल्ने संकेत देखाएपछि पौडेल पक्षका जिल्ला सभापतिहरु विशेष महाधिबेशन बोलाउने अभियानबाट पछि हटेका छन् ।   यही चैत २० र २१ गतेका लागि जिल्ला सभापतिहरुको भेला बोलाउने र उक्त भेला मार्फत विशेष महाधिबेशनका लागि हस्ताक्षर संकलन सुरु गर्ने पौडल पक्षीय जिल्ला सभापतिहरुले सार्वजनिक उद्घोष गरेका थिए ।  

देउवाले पनि सामाथ्र्य भए विशेष महाधिबेशन गरेर देखाउन चुनौति दिएका थिए । साथै जुनजुन जिल्ला सभापतिहरु विशेष महाधिबेशनका लागि हस्ताक्षर संकलनमा सक्रिय हुन्छन्, ती ती जिल्ला सभापतिहरुलाई पनि विशेष जिल्ला  अधिबेशन बोलाउन लगाएर पदमुक्त गर्ने रणनीति देउवाले आरम्भ गरिसकेका थिए । पहिलो टार्गेटमा नुवाकोट जिल्ला सभापति जगदीशनरसिंह केसी थिए ।  

 सभापति देउवाले यो रणनीति अघि सारेपछि विशेष महाधिबेशनका लागि हस्ताक्षर संकलन गर्ने अभियानबाट पौडल पक्षीय जिल्ला सभापतिहरु पछि हटेका हुन् । तर भेलाबाट भने पछि हटेका छैनन् । काठमाडौंमा हुने उक्त भेलाको उद्घाटन वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने भएका छन् । भेलाले नियमित मितिमै महाधिबेशन गराउन दबाव दिने पौडेल पक्षका एक नेताले बताए । जिल्ला सभापतिहरुको भेला लगत्तै पौडेल पक्षले पोखरामा  जिल्ला कोषाध्यक्षहरुको पनि भेला आयोजना गर्ने  तयारी गरेको छ । 

 सभापति देउवाको कार्यकाल आगामी फागुनसम्म बाँकी छ । महाधिबेशनको  पूर्व तयारीका लागि कम्तीमा एक वर्ष समय लाग्छ ।   प्रदेश समिति, प्रदेशसभा निर्वाचन समिति र पालिका समिति गठन नभएसम्म महाधिबेशनको पूर्वतयारी आरम्भ गर्न मिल्ने अवस्था छैन । तर देउवाले प्रदेश समिति, प्रदेशसभा निर्वाचन समिति र पालिका समिति गठन गर्ने मामिलामा ढिलाई गर्दै गएका छन् । महासमितिको बैठकले विधान संशोधन गर्नासाथ प्रदेश समिति, प्रदेशसभा निर्वाचन समिति र पालिका समिति गठन गर्ने बाटो खुलेको थियो । समयबद्ध