क्षतिको निरीक्षण गर्न प्रचण्ड बारा–पर्सामा, पीडितलाई पाँच लाख दिने घोषणा
रामबाबु मेहता
काठमाडौं । हावाहुरीका कारण क्षतिको निरीक्षण गर्न पर्सा पुगेका नेकपा अध्यक्ष प्रचण्डले नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेका छन् ।
सरकारले राहत प्रकृया अगाडि बढाएको बताउँदै प्रचण्डले सम्पूर्ण घाइतेहरुको उपचार सरकाले व्यहोर्ने बताए । नारायणी उपक्षत्रीय अस्पतालमा हावाहुरिपछि बिरामीहरुलाई भेटेपछि अध्यक्ष प्रचण्डले राहतको विषयमा छलफल गरिरहेको बताउँदै सरकारले चाँडै रातह प्रकृया अघि बढाएर पीडित परिवारलाई उपलव्ध गराउने बताए ।
त्यसपछि बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले मृतक परिवारलाई नेकपाले जनही पाँच लाख रुपैयाँ दिने घोषणा पनि गरे । घरबाबिहीनहरुको घर निर्माणमा सरकारले सहयोग गर्ने पनि उनले बताए ।
अध्यक्ष प्रचण्डले वीरगञ्ज नेशनल मेडिकल कलेजमा उपचाररत घाइतेहरुसँग पनि भेट गरेका छन् ।
घटनास्थलमा हाल राहत, त्रिपाल लगायतका सामग्री वितरण कार्य भइरहेको छ भने खानाको व्यवस्था स्थानिय मारबाडि सेवा समितिले गरेको छ । हावाहुरीका कारण हालसम्म २७ जनाको ज्यान गएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् ।
यसैबीच आजै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि घटनास्थलमा पुगेर पिडित परिवार तथा घाइतेहरुसँग भेट गरेका थिए ।
प्रतिक्रिया