ब्रेग्जिट विवादको असर ः बेलायतका एक जना मन्त्रीको राजीनामा

ब्रेग्जिट विवादको असर ः बेलायतका एक जना मन्त्रीको राजीनामा

२० चैत्र । बेलायती प्रधानमन्त्री टेरिजा मेले प्रतिपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनसँग वार्ता गर्ने जनाएपछि उनको मन्त्री मण्डलमा वेल्स मन्त्री निगेल एडमले पदबाट राजीनामा दिएका छन् ।

बेलायतबाट छुट्ने प्रस्ताव ब्रेग्जिटमा प्रधानमन्त्री मेले नेतृत्व गर्ने कन्जरभेटिभ पार्टीका सांसदहरू मतदान नगरेपछि उनको प्रस्ताव अस्वीकृत हुँदै अएको छ । बेलायती ससदमा प्रस्तुत अन्य कुनै प्रस्ताव पारित नभएपछि पछिल्लो पटक प्रधानमन्त्रीले ब्रेग्जिटको निकास दिन लेबर पार्टीका नेता कोर्बिनसँग छलफल गरी सहयोग माग्ने जनाएकी थिइन् । 

कोर्बिनले पनि यसलाई सकारात्मक रूपमा लिएका बेला मन्त्री एडमले राजीनामा दिएका हुन् । उनले राजीनामाको फोटो कपी ट्विटरमा राखेका छन् । उनले ट्विटरमा सन् २०१७ देखि आफ्नो मन्त्रिमण्डलमा काम गर्न दिएको अवसरप्रति कृतज्ञता व्यक्त गर्दै उनले राजीनामा दिएको बताएका छन् ।