के ७० वर्षीय अमेरिकी वर्चस्वको सैनिक संगठन नेटो अर्थहीन हुँदैछ ?
सोभियत संघको विरोधमा ४ अप्रिल १९४९मा अमेरिकी नेतृत्वमा गठन भएको उत्तर एटलाण्टिक सन्धि संगठन(नेटो)ले ७० वर्ष पूरा गरिरहेका बेला यसको उपस्थितिबारे प्रश्न उठ्न थालेको छ ।
के ७० वर्षीय पुरानो सैनिक संगठन नेटो अर्थहीन भइरहेको हो र ? यसको अर्को स्वरूप बन्न थालेको छ र ? जस्ता सवाल अन्तर्राष्ट्रिय मञ्चमा उठन थालेका छन् ।
अमेरिका र क्यानडा गरी उत्तर अमेरिकाका दुई गरी युरोपेली र युरेसिया गरी २९ देशहरूको सैनिक संगठन नेटोमा हालै टर्कीलाई लिएर विवाद उत्पन्न भएको छ ।
यो पनि पढ्नुहोस
अमेरिकाले टर्कीमाथि रूससँग हतियार नकिन्न चेतावनी दियो
चीनको बीआरआईमा इटली पक्का,अमेरिकालाई धक्का
अमेरिकाले टर्कीलाई नेटोमा रहने भए रूससँग एस–४०० प्रतिरक्षा प्रणाली किन्न नहुने चेतावनी दिएको छ । सन् १९९० मा सोभियत संघको विघटन पछि रूसी समूह पनि विघटित हुन पुगेको थियो । तर पनि अहिलेसम्म नेटोले तीन दशक पूरा गर्न लागेको छ । सन् १९९० मा बर्लिनको पर्खाल भत्किएको थियो । दुवै जर्मनी एक हुन पुगेको थियो । बर्लिनको पर्खाल धरासायी भएयताको ३ दशकमा नेटो आफ्नो अस्तित्वको संकटमा पुगेको नेटोमा अमेरिकाको प्रतिनिधित्व गरिसकेका पूर्व अमेरिकी प्रतिनिधि डगलस लुट र निकोलास बर्नसले यस्तै विचार व्यक्त गरेका छन् ।
यी दुईले नेटो आफ्नो अस्तित्वको सर्वाधिक जटिल संकटको अवस्थामा रहेको हार्वर्डको प्रतिवेदनमा उल्लेख गरेका छन् ।
जर्मनीकी चान्सलर एन्जेला मर्केलले अरूको भर पर्नका लागि उनीहरूको शर्तहरू मान्नु पर्ने अवस्था हाम्रा लागि पुराना भइसकेको अभिव्यक्ति दिएकी छिन् । युरोपियन देशहरूले सुरक्षाका लागि धेरै खर्च गरिआएका छन् ।
यसमा अमेरिकाले नेटोका सदस्यहरूमाथि दबाब दिँदै आएको र त्यसको सुरक्षाका लागि रकम लिँदै आएको छ ।
पूर्वी युरोपका देशहरूले नेटोमा बसेर अमेरिकालाई उसको मनोमानी अनुसार सुरक्षा कर दिइ राख्नुपर्ने अवस्था नरहेकोमा विश्वास गर्न थालेका छन् ।
युरोपियन युनियनबाट बेलायत अलग हुन थालेको समस्या बल्झिदै गएको छ । यसैगरी फ्रान्समा पहेलो
भेस्टवालाहरूको आन्दोलन भइरहेको छ । यस्ता विषयको समाधान नेटोले गर्न सकिरहेको छैन् ।
अर्कोतर्फ सन् २०१४ मा रूसले क्राइमियामा वर्चस्व कायम गरी सकेपछि बलियो शक्तिको राजनीति फर्किएको देखिएको छ ।
नेटोले क्षेत्रीय र वैश्विकरूपमा शान्ति र स्थायित्व दिन सहयोग पु¥याउँछ भने यसको औचित्य रहने छ । तर अहिले विश्व बहुध्रुवीय देखिएको छ । यसले आर्थिक समृद्धिको बाटो लिइरहेको छ । यस्तोमा नेटो आगामी दिनमा रहन सक्छ र ? अमेरिका त्यसका लागि आफ्नो वर्चस्व कायम गर्न सक्छ र ?
ठीक यही बेला चीन विश्वको पहिलो आर्थिक शक्तिको रूपमा मात्रै उदाइरहेको छैन् राजनीतिक एवम् कूटनीतिक रूपमा अमेरिकी वर्चस्वको क्षेत्रमा बीआरआई लिएर अघि बढ्दा सफलता पाइरहेको छ । हालै मात्रै अमेरिकाको सहयोगी मानिएको इटलीले बीआरआईमा समर्थन जनाइसकेपछि अमेरिका कमजोर भएको देखिएको छ । यस्तोमा नेटोका अस्तित्व कसरी सम्भव हुने भनी उठेका सवालहरू आफैमा गलत हुन सक्दैनन् ।
२०७५ साल चैत्र २१ गते प्रकाशित
प्रतिक्रिया