भारतीय लोकसभा, प्रतिनिधित्वको रुपरेखा र भारतीय कम्युनिष्ट पार्टी 

भारतीय लोकसभा, प्रतिनिधित्वको रुपरेखा र भारतीय कम्युनिष्ट पार्टी 

भवानी बराल

भारतीय संसदको तल्लो सदन लोकसभा हो । भारतीय संविधान अनुसार लोकसभामा पाँच सय ४५ सदस्य रहने व्यवस्था छ । जसमध्ये पाँच सय ३० सदस्य विभिन्न राज्यबाट र १३ सदस्य केन्द्र शासित प्रदेशबाट निर्वाचित भएर आउनेसम्मको व्यवस्था छ । 

राष्ट्रपतिले चाहे एङ्लो–इण्डियन समुदायबाट दुई जनासम्म प्रतिनिधि मनोनित गर्न सक्छन् । लोकसभामा निर्वाचित हुने सदस्यहरु राज्यहरुको जनसंख्याको व्यावहारिक अनुपातमा छुट्याइएका निर्वाचन क्षेत्रहरुबाट प्रत्यक्ष वालिग मताधिकारको आधारमा चुनिन्छन् । २८ राज्यहरु र ७ केन्द्र शासित प्रदेशहरुबाट तलको तालिका अनुसार छुट्याइएका निर्वाचन क्षेत्रहरुबाट वालिग मताधिकारको आधारमा प्रत्यक्ष चुनिएर आउँछन् । यसरी प्रदेशहरुबाट पाँच सय ३० जना र केन्द्र शासित प्रदेशहरुबाट १३ जना निर्वाचित हुन्छन् । केन्द्र शासित प्रदेशहरुमध्ये दिल्ली केन्द्र शासित प्रदेशबाट सबैभन्दा बढी ७ जना र बाँकी प्रदेशबाट १/१ जना चुनिने व्यवस्था छ ।

प्रदेशहरुमध्ये सबैभन्दा बढी उत्तर प्रदेशबाट ८० जना दोस्रोमा महाराष्ट्रबाट ४८ जना र सबैभन्दा कम २/२ जना त्रिपुरा, मेघालय, मणिपुर, गोवा र अरुणाञ्चल प्रदेशबाट र १/१ जना सिक्किम, मिजोरम, र नागालेण्डबाट चुनिन्छन् ।

भारतीय कम्युनिस्ट पार्टी (भाकपा) को उदय  

भारतीय कम्युनिष्ट पार्टीको स्थापना २६ दिसम्बर १९२५ कानपुरमा भएको थियो । भारतीय कम्युनिष्ट पार्टीका संस्थापक एम एन राय हुन । सन् १९२८ मा कम्युनिस्ट इण्टरनेशनलले भारतको कम्युनिस्ट पार्टीको कायनीति निश्चित गरिदिएको थियो । पार्टीका संस्थापक महासचिव एस. सुधाकर रेड्डी थिए । भारतको पुरानो कम्युनिस्ट पार्टी हो । चुनाव आयोगले यो पार्टीलाई राष्ट्रीय दलको मान्यता दिएको छ ।

भारतीय लोकसभामा राज्य र केन्द्र शासित प्रदेशको प्रतिनिधित्व संख्या

यी प्रदेशहरुमा वामपन्थीहरुको प्रवेश पहिलो लोकसभादेखि नै भएको पाइन्छ । जतिखेर भारतमा एउटैमात्र कम्युनिष्ट पार्टी भारतीय कम्युनिष्ट पार्टी (सिपीआई) मात्र अस्तित्वमा थियो त्यस बखत उसले भारतीय संसदलाई राम्रैसंग उपयोग गरेको देखिन्छ ।

सन् १९५२ देखि लोकसभा निर्वाचनमा भाग लिएको भाकपाले प्रारम्भिक लोकसभा निर्वाचनका संस्करणहरुमा लोकप्रिय मत र सिट संख्या प्राप्त गरेको थियो । तर, सन् १९७७ मा भएको लोकसभा निर्वाचनदेखि यसले जनमत गुमाउँदै गएको देखिन्छ ।  सन् २००४ को चौधौं संसदीय चुनावमा यसले १० सिटमात्र जित्न सफल भयो । यसरी नै सन् २००९ को पन्ध्रौं संसदीय चुनावमा चार र सन् २०१४ को सोह्रौं संसदीय चुनावमा एक सिट मात्र जित्न सफल भयो ।
 

भारतीय कम्युनिष्ट पार्टीले प्राप्त गरेको सिट संख्या 

यो पनि पढ्नुहोस्

भारतीय संसदमा वामपन्थी विजोग

भारतीय सत्रौं लोकसभा र विश्व राजनीति