कोरिया द्वन्द्वको समाधानका लागि चीन रूसको संयुक्त पहल

कोरिया द्वन्द्वको समाधानका लागि चीन रूसको संयुक्त पहल

चैत्र २२, काठमाडौं । ‘नानी भन्दा आची ठूलो’ भन्ने उखान कोरियाको विवादमा नेकपाका नेता माधवकुमार नेपालको सार्वजनिक प्रतिक्रियाबाट चरितार्थ भएको थियो । उनले आफूले उत्तर कोरियाको विवादमा सकारात्मक भूमिका खेलेको सार्वजनिक रुपमा भन्न भ्याए । 

चीन र रुसको समेत सर्वाधिक चासो रहेको कोरियाको विवादमा नेपालको भूमिका सकारात्मक रहेको भन्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली अमेरिका जाँदा अमेरिकी पक्षले भने ।  

वास्तवमा अमेरिका नेपाललाई आफ्नो गुरुयोजना वा स्वार्थमा लपेट्न चाहन्छ । खासगरी छिमेकी देश चीनबाट टाढा पु¥याउने अस्त्रको रुपमा यसलाई प्रयोग गर्न चाहन्छ । 

अमेरिकी चासो र दादागिरीका विरुद्ध कोरिया द्वन्द्वको समाधानका लागि चीन र रूसले संयुक्त रूपमा पहल अगाडि बढाइरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग उनसँग तेस्रो भेटवार्ता छिट्टै गर्ने संकेत गरिरहेका बेला रूसले कोरियाली द्वन्द्वको समाधानका लागि चीनसँग मिलेर संयुक्त प्रयास अगाडि बढाएको जनाएको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदबाट कोरियाली प्रायःद्वीपको समस्या समाधानका लागि संयुक्त प्रयास भइरहेको रूसका उपविदेशमन्त्री इगोरमोगगुलोभले बताए ।

रूसी उपविदेशमन्त्री यस विषयमा कुटनीतिक मन्त्रणाका लागि यसअघि चीनको भ्रमण गरेका थिए । चीन र रूस दबै यस विषयमा छलफल भयो । रूसी समाचार संस्था तासले जनाए अनुसार उपविदेशमन्त्रीले चीनसँग यस विषयमा निरन्तर सम्पर्क भइरहेको बताए । कोरियाली प्रायः द्वीपको व्यवस्थापन र उत्तर कोरिया विरूद्ध लगाइएका आर्थिक नाकाबन्दी हटाउने दुवै विषय एकअर्कासँग अन्तसम्बन्धित भएको उनले जनाए ।