सेल्फीमा ‘रमाउँदैै’ ज्ञानेन्द्र शाह !

सेल्फीमा ‘रमाउँदैै’ ज्ञानेन्द्र शाह !


काठमाडौं । सीमित आसेपासेहरुको घेरामा कैद भई राजदरबारमा बसेका पूर्व राजा ज्ञानेन्द्र शाह यतिबेला सेल्फी सुरमा छन् । जनताले आन्दोलनमार्फत दरबारबाट सत्ताच्युत गरी नागार्जुन दरबारतिर पठाइ दिएपछि उनी यतिबेला धर्मकर्मको बहानामा फेरि सक्रिय हुन थालेका छन् । पूजा अर्चनाका वहानामा विभिन्न मठ मन्दिर धाइरहेका ज्ञानेन्द्र शाह अहिले पूर्वी नेपालमा भीड जम्मा पारेर सेल्फी खिच्दै समय व्यतित गरिरहेका छन् ।

पूर्व राजाको ‘सेल्फी अभियान’ लाई पूर्व पञ्च तथा राप्रपाका नेता कमल थापाले जनता र राजाको सम्बन्ध बढेको अर्थमा व्याख्या गरेका छन् । सत्तामा सदैव रहिरहने थापालाई अहिले वाहिर बस्दा छटपट भएको हुनुपर्छ र पूर्व राजाको बुइ चढेर सत्तारोहण गर्ने भुत चढेको हुनपछ्र्र । पूर्व पञ्च नेता तथा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले कमल थापा प्रवृत्तिलाई ‘मुसा प्रवृत्ति’ भनेर व्यंग्य गरेका थिए । 

पूर्व राजालाई जनता र राष्ट्रको पक्षमा क्याम्बोडियाका सिंहानुक जस्तै बन्न तत्कालीन विद्रोही माओवादीले प्रस्ताव गरेको थियो । उनले त्यसलाई टेरपुच्छरमात्र लगाएनन्, कमल थापा प्रवृत्तिको लहैलहैमा लागेर उनले संसदवादी दललाई समेत निषेध गरे । त्यसपछि दश वर्षे जनयुद्धको जगमा २०६२÷०६३ सालको जनआन्दोलनबाट राजतन्त्र विस्थापित भयो । 

तर, उनी हिन्दू धर्मका नाममा घुमाउरो शैलीमा जनताको आफूप्रतिको भावना बुझ्न इलामतिर पुगेका छन् । रमाइलोमा भुलेका ज्ञानेन्द्र शुक्रबार भने सेल्फीको मुडमा भेटिए । त्यस वाहेक पनि उनी पछिल्ला समयमा मान्छेसँग भेटघाटलाई तीब्र बनाइरहेका छन् ।  

पूर्व पञ्च कमल थापा प्रवृत्तिको उक्साहटमा उनले फेरि सत्तारोहण गर्ने सपना देखेका हुन भने त्यो विडम्बना नै हुन्छ । कमल थापा प्रवृत्तिहरु पछारिएर नै माओवादी संसदवादी अगाडि आएका हुन । माओवादी र संसदवादी पराजीत गर्न कमल थापाहरु होइन त्यहीभित्रबाट वा अर्काे नयाँ शक्ति निर्माण भएर मात्र राजनीतिक प्रणालीमा धक्का लाग्न सक्छ । इतिहासको पनरावृत्ति हुँदैन भन्ने कुरा कमल थापा प्रवृत्तिले बुझ्नुपर्छ ।