राहुल हुन कि मोदी, सरकार बनाउन आउते जरूरी
भारतको १७ औं लोकसभा निर्वाचन शुरू हुन गइरहेका बेला आगामी निर्वाचनमा कसैको स्पस्ट बहुमत हुन नसक्ने सम्भावनालाई नकार्न सकिन्न । यस्तोमा सरकार बनाउन राहुल हुन कि मोदी जो सुकैलाई सरकार बनाउन तीन प्रान्तका आन्ध्रा, उडिसा र तेलाङ्गानाका तीन नेताको आवश्यकता हुने विश्लेषण गरिदैंछ । वाइएसआर कंग्रेस पार्टीका नेता वाइएस जगनमोहन रेड्डीको पनि कसैको बहुमत नआए बन्ने त्रिंशकु सरकारको चाहना रहेको छ ।
अर्का नेता तेलाङ्गना राष्ट्र समितिका नेता चन्द्रशेखर राव हुन् । त्रिशंकु संसदका बेला सर्वाधिक शक्तिशाली तीन राजनीतिक दलका नेताहरूमा तेस्रो नविन पटनायकको नेतृत्वमा रहेको बिजु जनता दल उडिसाको रहेको छ ।
यी तीनै नेता न कांग्रेस नेता राहुलको समूहमा छन् न त प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको गठबन्धनमा छन् । ११ अप्रिल देखि १९ सम्म ७ चरणको चुनाव हुनेछ । आन्ध्र प्रदेशमा विधान सभाको चुनाव पनि हुन गइरहेको छ ।
भारतको आगामी सरकारका लागि समूह बाहिर बसेका रेड्डी, राव र पटनायकको महत्व कम्तीमा दुई कारणले महत्वपूर्ण हुनेछ ।
आन्ध्रा , तेलाङ्गना र उडिसा गरी तीनै नेताको क्षेत्राधिकारभित्र लोकसभाका ६३ सदस्य रहेको छ । आन्ध्रमा २५,रेड्डी, तेलाङ्गनामा रावका १७ र उडिसामा २१ लोकसभा सदस्य छन् । जसमध्ये सन् २०१४को निर्वाचनको आँकडालाई हेर्ने हो भने यी तीनै दलका नेताहरूको नियन्त्रणमा ४० सीट रहेको छ ।
वाइएसआरसीपीसँग ९, टीआरएससँग ११ र बीजेडीसँग २० सिट रहेका छन् । ५४५ सदस्य भएको लोकसभामा कसैको स्पस्ट बहुमत नभएका बेला यी तीन नेताको तागत बलियो हुने स्पस्ट छ । दोस्रो विषय भनेको यी तीनै नेता अलि भिन्नै प्रकारका नेता छन् । यी तीनै नेताले निर्वाचनको अन्तिम नतिजा सुनिश्चित भएका बेला मात्र समर्थन मोदी वा राहुल कसलाई गर्ने निर्णय गर्ने अवस्थामा रहेको देखिएको छ । विगतमा कांग्रेससँगको अमिलो सम्बन्धको अनुभव गरेका रेड्डीले जुनसुकै पार्टीलाई समर्थन गर्ने खुला अवस्थामा आफू रहेको एक अन्तर्वार्तामा जनाए ।
१९ वर्ष मुख्य मन्त्री रहेका उडिसाका पटनायकको सम्बन्ध सन् २००९सम्म भाजपासँग रहेको थियो । तर उनले राष्ट्रपतिको निर्वाचनमा पटनायकले कांग्रेस समर्थित गोपाकृष्ण गान्धीलाई समर्थन गर्न पुगेका थिए ।
त्यसैगरी राव पनि मोदीसँग असन्तुष्ट रहेका छन् । त्यसैले संघीय सरकारमा राहुल मोदीमध्ये जो सरकार बनाउने अवस्थामा पुग्लान र सिटको खाँचो भए यी तीन पार्टी बलियो अवस्थामा हुने देखिएको छ ।
२०७५ साल चैत्र २४ गते
प्रतिक्रिया