विप्लव समूहलाई मूलप्रवाहमा ल्याउन प्रयत्न भइरहेको छ : गृहमन्त्री वादल

विप्लव समूहलाई मूलप्रवाहमा ल्याउन प्रयत्न भइरहेको छ : गृहमन्त्री वादल

चैत्र २४, पोखरा । गृहमन्त्री रामबहादुर थापा वादलले विप्लव समूहको काम र गतिविधिमाथि संविधान र कानुन अनुसार प्रतिबन्ध लगाएको बताएका छन् । 

 गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा आइतवार आएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आइतबार गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन पोखरा आएका उनले गैरकानुनी रूपमा विप्लव समूहले गरेका गतिविधि रोक्न प्रतिबन्ध लगाएको बताए।

उनले देशको शान्ति सुरक्षाका लागि संविधान विरोधी गतिविधिलाई समाधान गर्न नै सरकार लागि परेको बताए । उनले विप्लव समूह शान्ति सुरक्षाका र विकास निर्माणका लागि बाधक भएकाले उनीहरूलाई मूल प्रवाहमा ल्याउने प्रयत्न सरकारले गरिरहेको बताए।

गृहमन्त्री थापाले पृथकतावादीलाई वार्ताकै माध्यमबाट सरकारले मूलधारको राजनीतिमा ल्याएको बताए।

उनले सरकारले एक वर्षमा देशमा शान्ति, सुरक्षा कायम राख्न, अपराधलाई नियन्त्रण गर्न सरकार सफल रहेको दाबी गरे ।

उनले यस वर्ष मौसमले देशका विभिन्न ठाउँमा प्रभावको कारण तराईमा आएको आँधीहुरी प्रभावितलाई व्यवस्थित गर्न सरकारले कार्यक्रम बनाइसकेको बताए।