राजतन्त्र माग्ने राप्रपालाई पुतलीसडकमा प्रहरीको लौरो

राजतन्त्र माग्ने राप्रपालाई पुतलीसडकमा प्रहरीको लौरो


काठमाडौं, २५ चैत । राजतन्त्रको माग गर्दै प्रदर्शनमा उत्रिएका राप्रपाका कार्यकर्तालाई प्रहरीले लाठी चार्ज गरेको छ । सोमबार राधानीको पुतलिसडकबाट निषेधित क्षेत्रमा प्रवेश गर्न लाग्दा प्रहरी र राप्रपाका कार्यकर्ताबीच झडप भएको हो । राप्रपाले रत्नपार्कदेखि जुलुस निकालेर पद्मोदय मोडमा आई कोणसभा गरेको थियो ।

राप्रपाका अध्यक्ष कमल थापाले कार्यकर्तालाई सडकमा गाडी रोक्न आदेश दिएपछि प्रहरी र उनीहरुबीच झडप भएको हो । कार्यकर्ताले अध्यक्ष थापाको आदेशको पालना गर्न खोज्दा भएको झडपमा केही राजावादी घाइते भएका छन् । 

सत्तामा जान मुसा प्रवृत्ति देखाउने भनेर पूर्व पञ्च नेता तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आरोप लगाउने कमल थापा सत्ता वाहिर बस्नुपर्दा राजतन्त्र गुहारेर सत्तामा पुग्न हतारिएकोे अर्थमा पूर्व पञ्चहरुले समेत भनिरहेका छन् । पशुपति जबरा र प्रकाशचन्द्र लोहनीको दुई राप्रपाको एकताको दवावका कारण पनि उनले कार्यकर्ता थेग्न गतिविधि तीब्र बनाएको पनि भनिदैंछ ।