प्रचण्ड प्रहार...

प्रचण्ड प्रहार...

काठमाडौं । । सधै भाषणका कार्यक्रममा पुग्ने प्रचण्ड सोमबार भने विश्व टेबलटेनिस दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा मज्जैले टेबलटेनिसमा भिडे ।

छेउमा बसेर उनले बल सर्ट प्रहार गरेको हेर्नेहरु अचम्भित पनि भए । कार्यक्रमबाट बाहिरिएपछि उनको खेलबारे केही खेलकर्मीले चर्चा गरे, ‘अध्यक्ष राजनीतिमा जस्तै टेबलटेनिसमा पनि निकै पोख्त हुनुहुँदो रहेछ ।’

त्यसो त प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदा बालुवाटारमा आयोजित खेलाडी सम्मान कार्यक्रममा आफु विद्यालय पढ्दा जिल्ला स्तरको राम्रो फुटबल खेलाडी भएको खुलासा गरेका थिए ।

हेरौँ प्रचण्डको प्रहार ....