जिउँदै भए  पूर्व मुख्य सचिव विमल कोइरालाज्यू भन्नुस, ‘नागरिकता बाँड्दा राष्ट्रघात हुँदैन’

जिउँदै भए  पूर्व मुख्य सचिव विमल कोइरालाज्यू भन्नुस, ‘नागरिकता बाँड्दा राष्ट्रघात हुँदैन’

२६ चैत्र, काठमाडौं । जनकपुरमा नागरिकता नपाएकाहरू भन्छन् – ‘पूर्व मुख्य सचिव बिमल कोइराला जिउँदै भए भन्नुस नागरिकता बाँड्दा राष्ट्रघात हुँदैन । बाँड्न पो ढिला भयो ।”

०४६ सालको प्रजातन्त्रको पुनस्र्थापनाको माग राखी भएको आन्दोलन सफल भएपछि सिडियो भएर विमल कोइराला धनुषा जिल्ला पुगेका थिए । त्यतिखेर नागरिकता संघर्ष समितिको नामबाट त्यहाँ रिले अनसनको दबाबमुलक कार्यक्रमको आयोजना गरिएको थियो ।

अहिले प्रदेश नम्बर २ का प्रमुख प्रतिपक्षी रामसरोज यादव, संघीय सरकारमा मन्त्री भइसकेका महेन्द्र यादव लगायतका नेपाली कांग्रेसका कार्यकर्ताहरूको एक समूह तत्कालीन सिडियो विमल कोइरालालाई जनकपुरको बंशी चौकमा भएको भवनमा भेट्न पुगेका थिए । त्यहाँ अनसनकारीहरू अन्यायमा परेको बताउँदै नागरिकता दिन आग्रह गरेका थिए । तत्कालीन सिडियो बिमल कोइरालाले कांग्रेसका ती व्यक्तिहरूलाई तपाईहरूको सरकार छ नियम कानुन बनाउन लगाउनुस भनेका थिए । अनसनकारीहरूलाई पनि कानुन बनाउन दबाबमुलक अन्य कार्यक्रम गर्न भनेपछि त्यो अनसन रोकिएको थियो । 

त्यत्तिञ्जेल सिडियो भएका विमल कोइराला मुख्य सचिव भएर सेवा निवृत भए । उनले भनेको कानुन अन्तरिम संविधानमा बन्यो । जन्मसिद्ध नागरिकता त्यो समस्याको समाधानको रुपमा देखियो । भारतीयले  अन्तरिम संविधानको त्यो प्रावधानबाट नागरिकता लिए भन्नु गलत हो । त्यो प्रावधान उनीहरूका लागि सहज भएको हुन सक्छ । किनभने पैसा तिरेर नागरिकता लिनेहरू तराईमा मात्रै होइन राजधानीबाटै पनि लिएका उदाहरण खोज्न सकिन्छ ।

तर, ०६३ सालका बेला पनि गरिब परिवारका सदस्यहरूले नागरिकता पाउन बञ्चित भएका छन् । जनकपुर वार्ड नम्बर १० का दिवंगत भूपनारायण झाका भाइहरू त्यतिखेर नागरिकता पाउन बञ्चित भएका थिए । जतिखेर उनले नागरिकता पाए त्यतिखेर संविधान र कानुनमा जन्मसिद्ध नागरिकताको प्रावधान थियो । त्यो जन्मसिद्धको प्रावधान ०३८ सालमा अध्यादेशबाट खारेज गरिएको थियो । दिवंगत भूपनारायणका भाइहरूले नागरिकता पाउन बञ्चित भएका छन् भने अर्कोतर्फ जुन भाइले जन्मसिद्धको नागरिकता पाए तिनका सन्तानलाई समस्या उत्पन्न भएको छ । उनीहरूलाई नागरिकता नभएर उच्च शिक्षा हासिल गर्न समस्या भएको छ ।

नागरिकता नपाएपछि काम गर्न मुम्बई गएका थिए । उनीहरूलाई नागरिकता टोली कहिले आउने र कहिले जाने सही जानकारी हुन सकेन र तत्काल विमानबाट आएर नागरिकता लिन सहज पनि भएन । पछि नागरिकता पाइहाल्छ भनी त्यतिखेर नआएकाहरूलाई नागरिकता दिँदा राष्ट्रघात हुन्छ र ? 

विमल कोइरालाजस्ताले भन्न प¥यो नागरिकता दिँदा राष्ट्रघात हुन्छ हुँदैन भन्नु प¥यो ।

उनीहरूले गृहमन्त्री रामबहादुर थापा ‘वादल’ ले सर्वोच्चको आदेशलाई कार्यान्वयन गराउन परिपत्र जारी गरी नागरिकता दिनु सही भएको बताए । सन्देश झा, जनकपुरधाम

भीम, भीमार्जुन ज्यू ! हामीले नागरिकता पाउँदा राष्ट्रघात भएको हो ? 

नागरिकता दिने गृहको सर्कुलरपछि भीम रावलको आपत्ति

नेपालीलाई नागरिकता दिंदा पनि राष्ट्रघात ?