वैदेशिक रोजगारीः  कुवेतले दिन्छ आममाफी, नेपाली बस्छन् लुकीलुकी

वैदेशिक रोजगारीः  कुवेतले दिन्छ आममाफी, नेपाली बस्छन् लुकीलुकी

 

काठमाडौं । अधिकाँश नेपालीहरु वैदेशिक रोजगारीका लागि खडी मुलुक जाने गर्दछन् । खाडी मुलुकमा नेपालीले पर्न पाउने काम भनेको बौद्धिक नभइ शारीरिक हो । खडी मुलुकमा काम गर्ने धेरै नेपालीहरु गैर कानूनी रुपमा समेत बस्ने गरेका छन् । धेरै नेपालीहरु त बिभिन्न गैरकानूनी कार्य गर्दा वर्षौदेखि जेलमा पनि परेका छन् ।

यसै सन्दर्भमा नेपाल सरकारको आग्रहमा कुवेत सरकारले गैरकानुनी रूपमा बसेका विदेशीहरूलाई आममाफी दिएर घर फर्किन पटक पटक अवसर दिदै आएको छ । तर नेपाली कामदारहरूले त्यसको सदुपयोग गर्न नसकेको अधिकारी र कामदारहरूको सङ्गठनका पदाधिकारी बताउँछन् ।

आममाफीका बेला तीन हजार जनालाई यात्रा अनुमतिपत्र जारी गरिएको र अझै पनि चार हजारभन्दा बढी कामदार अवैध रूपमा कुवेतमा बसेको अनुमान गरिएको छ । कामदारहरूले पहिला तोकिएको काम र ज्याला नपाउने भएकाले उनीहरु अवैधानक रूपमा बस्ने परिस्थिति निम्त्याएको बताइन्छ । कुवेतमा खासगरी विभिन्न उद्योगमा र घरेलु कामदारका रूपमा नेपालीहरू जाने गरेका छन् ।

किन आममाफी चाहँदैनन् नेपाली कामदार ?

वैधानिक रूपमा काम गरिरहेका ७० हजार नेपालीमध्ये २२ हजार घरेलु कामदार हुन् भने बाँकी उद्योगहरूमा काम गर्छन् । फिलिपिन्सले पनि महिलालाई कुवेतमा काम गर्न जान प्रतिबन्ध लगाएको छ ।

यसका अतिरिक्त कैयौँ नेपालीहरू गैरकानुनी रूपमा रहेर त्यहाँ काम गरिरहेको बताइएको छ । त्यहाँको सरकारले गरेको अध्ययनमा धेरै देशका कामदार अवैध रूपमा बसेको पाइएपछि उनीहरूलाई स्वदेश फर्किने अवसर दिइएको हो । कामदारहरूको सङ्गठन जिफन्ट कुवेतका अध्यक्ष गणेश राउतका अनुसार धेरै नेपालीले सो अवसरको सदुपयोग गर्न नसकेको र अझै धेरै नेपालीहरू अवैध रूपमै काम गरिरहेका छन् । कम्पनीले भने जस्तो सेवा सुविधा नदिनु र घरबाट ऋण लिएर आएको मान्छे घर फर्किँदा झन् समस्या हुनुले उनीहरू अवैध रूपमै बस्न बाध्य छन् ।

“लगभग सात हजार नेपालीहरू अवैध रूपमा कुवेतमा बसेका छन् भन्ने हाम्रो तथ्याङ्कमा थियो। ती सबै घर जान्छन् भन्ने हाम्रो अपेक्षा थियो, तर झन्डै तीन हजार जना गए, धेरै फर्किएनन्” राउतले भने । कम्पनीले भने जस्तो सेवा सुविधा नदिनु र घरबाट ऋण लिएर आएको मान्छे घर फर्किँदा झन् समस्या हुनुले उनीहरू अवैध रूपमै बस्न बाध्य हुनुपरेको उनको भनाई छ ।

रोकिएन अवैध रूपमा जाने क्रम

यसरी पक्राउ पर्नेहरूलाई प्रहरीले परिवारको सम्पर्कमा समेत आउन नदिने गरेको बताइएको छ । हालसम्म कति नेपाली कामदार त्यसरी पक्राउ परेका छन् भन्ने विवरण दूतावाससँग पनि छैन ।

कुवेतस्थित नेपाली दूतावासका अधिकारीहरूले आममाफी दिएका बेला तीन हजारभन्दा बढी कामदारलाई यात्रा अनुमतिपत्र जारी गरिएको जनाएका छन् ।

गैरकानुनी हुने अवस्था आएमा के गर्ने, त्यहाँको कानुन अनुसार गर्न नहुने काम के के हुन्, अनि समस्या भएमा सम्पर्क गर्ने नम्बर लगायतका सामग्री समेटेर किताब नै कामदारहरूलाई बाँड्ने गरिएको उनीहरूले बताए ।