मतदाता र बजारका उपभोक्ताका बीचमा अन्तर मेटिदैं 

मतदाता र बजारका उपभोक्ताका बीचमा अन्तर मेटिदैं 

२७ चैत्र, काठमाडौं । भारतमा भोलिदेखि तल्लो सदनका लागि निर्वाचन हुँदैछ । सात चरणमा हुने यो निर्वाचनको अभियान हेर्दा निर्वाचन हो कि बजारमा उत्पादित बस्तुको ब्राण्डको विक्री हो अलग्याउनै गा¥हो परिरहेको छ । यतिवेला बजारमा सबैभन्दा ज्यादा विक्री हुने माल नै भोट भएको छ । 

बजारिया उपभोक्ता र निर्वाचन अभियानमा फरक मेटिदैं गएको छ । कर्पाेरेट मार्कटिङ र निर्वाचन अभियान वास्तवमा एकै देखिएको छ । 

भारतीय जनता पार्टीका लागि प्रधानमन्त्री नरेन्द्र मोदी एकलौटी ब्राण्ड बनेका छन् । उनले आफ्ना प्रतिस्पर्धी र पुराना गुरुलाई पाखा लगाइदिए । यसैले भाजपाले मोदी ब्राण्डमात्र अहिले बेचिरहेको छ । 

कांग्रेस आईका लागि पारिवारिक राजनीतिक विरासतको ब्राण्ड छ । राहुललाई जवर्जस्त ब्राण्डको रुपमा स्थापित गरिएको छ । यसमा सोनिया र प्रियंकालाई पनि मिसाइएको छ । 

चुनावमा मुद्धा, तथ्यको सहारा भन्दा पनि झुट र भावावेशको सहारा लिइएको छ । राष्ट्रिय तथा क्षेत्रीय पार्टीहरुको निर्वाचनमा १९/२० फरक होला, खासै अन्तर देखिएको छैन । भारतको अहिलेको निर्वाचनको मोडालिटी हेर्दा निर्वाचनमा उठ्ने, जवर्जस्त प्रभाव पार्ने उम्मेदवार कुनै कर्पाेरेट संस्थाका विज्ञापन गर्ने ब्राण्ड अम्बेसडर जस्ता मात्र देखिन्छन् ।