विकिलिक्सका संस्थापक जुलिएन एसान्ज लण्डनमा पक्राउ

विकिलिक्सका संस्थापक जुलिएन एसान्ज  लण्डनमा पक्राउ

 विकिलिक्सका संस्थापक जुलिएन एसान्जलाई बेलायती प्रहरीले पक्राउ गरेको छ ।

लन्डनस्थित इक्वेडरको दूतावासमा लुकिबसेका  एसान्जलाई पक्राउ गरिएको हो । 

 एसान्ज  इक्वेडरको शरणार्थी भएर त्यहाँ सात वर्षदेखि बसिररहेका थिए । 

 बेलायतले  निस्कने बित्तिकै समात्ने भन्दै आएको थियो । इक्वेडोरका राष्ट्रपति लेनिन मोेरेनोले  एसान्जले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेपछि उनको शरणार्थीको हैसियत फिर्ता लिएको बताए । 

विकिलिक्सले इक्वेडरले राजनीतिक शरणार्थीको हैसियत अवैध तरिकाले हटाएको आरोप लगाएको छ ।

२०७५ साल चैत्र २८ गते