को हुन् जुलिएन एसान्ज ? के थियो उनीमाथिको अभियोग ?

को हुन् जुलिएन एसान्ज  ? के थियो उनीमाथिको अभियोग ?

लण्डन प्रहरीले बेलायतस्थित इक्वेडरको दूताबासबाट शुक्रबार जुलिएन एसान्जलाई पक्राउ गरेको समाचार बाहिरिएसँगै प्रेस स्वतन्त्रता कुण्ठित हुन लागेको अभिव्यक्तिहरु नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्तामार्फत सार्वजनिक हुन थालेका छन् ।

 एसान्ज अफगानिस्तान र इराकबीचको युद्धका गोप्य सूचना लिक गरेपछि चर्चामा आएका व्यक्ति हुन् । उनले सन् २०१६ मा अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनले पठाएको २० हजार इमेल ह्याक भएको सूचनासमेत सार्वजनिक गरेका थिए ।

यौन उत्पीडनको मुद्धामा स्वीडेनमा हुने सुपुर्दगीबाट बच्न उनी इक्वेडरको दुताबासमा बिगत सात बर्षदेखि बस्दै आएका थिए । पछि उनलाई स्वीडेनले सफाइ दिएको थियो । 

विकिलिक्सका संस्थापक जुलिएन एसान्ज लण्डनमा पक्राउ

 

अष्ट्रेलियाको युनिभर्सिटी अफ मेलवर्नबाट फिजिक्स र गणितमा डिग्री हासिल गरेका असान्जले सन् २००६ विकिलिक्स नामक वेवसाइट सुरु गरेका थिए । सन् १९९० पछि कम्प्युटर प्रोग्रामिङ र ह्याकिङमा लागेका असान्ज सन् २०७१ मा अस्टे«ेलियामा जन्मिएका हुन् । उनले आफ्नो पढाईको सिलसिलामा ३७ वटा स्कूल चाहारेका थिए ।

गत वर्ष १२ डिसेम्बरमा उनले इक्वेडरको नागरिकता पाएका थिए । 

२०७५ साल चैत्र २८