असान्जको गिरफ्तारीबाट को रमाइरहेका छन् ?

असान्जको गिरफ्तारीबाट को रमाइरहेका छन् ?

विश्वका शक्तिशाली सरकारमा सम्बद्धहरूको गुप्त सूचना चुहाएर चर्चित भएका विकिलिक्सका ंसंस्थापक जुलियस असान्जको गिरफ्तारीबाट अमेरिकाका दुबै दलका सांसदहरू रमाइरहेका छन् ।

ठीक त्यही बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई यसबारे केही थाहा नभएको तर आफूले सन् २०१६ मा विकिलिक्सका अभियानहरूलाई मन पराएको बताएका छन् ।

असान्जलाई कम्प्युटरमा छेडछाड गरेर गुप्त सूचना चोरेको अभियोगमामा बेलायती प्रहरीले लन्डनस्थित इक्वेडरको दूतावासमा छिरेर पक्राउ गरी लछार्दैपछार्दै लगेको थियो । असान्ज त्यहाँ राजनीतिक शरणार्थीको रूपमा लुकी बसेका थिए । इक्वेडर उनको शरणार्थीको हैसियत समाप्त गरेपछि बेलायती प्रहरीले यो कारबाही ग¥यो ।

उनको गिरफ्तारीबाट अमेरिकी सांसदहरू बढी खुशी देखिएका छन् । वेस्ट भर्जिनियाका डेमोक्रेट सिनेटर जोइ मानचिन, न्यूयोर्कका डेमोक्रेट सिनेटर तथा अल्पसंख्यक नेता चुक स्कुमर, डेमोक्रेट सिनेटर मार्क वार्नर, रिपब्लिकन सिनेटर रिचार्ड बर र बेन सासे लगायतका रहेका छन् । सन् २०१०मा अमेरिकी गुप्त दस्तावेज चोरेको आरोप लगाइएको छ । उनीहरूले यो रूसले गराएको आरोप लगाउँदै यसलाई ‘रसियागेट’ षडयन्त्र भनेर तर्क गर्दै आएका थिए । 

ट्रम्पले झैं सन् २०१७मा ट्रम्पको सीआईएका निर्देशक रहेका हाल विदेशमन्त्री माइक पोम्पेओले सन् २०१६मा विकिलिक्सले चुहाएका सूचनाहरूका बारेमा खुशी व्यक्त गरे पनि अहिले भने पोम्पेओले असान्जलाई अमेरिकाको शत्रु भनेका छन् । पोम्पेओले भने “अमेरिकाको गुप्त सूचना चोर्ने विकिलिक्स अमेरिकाको शत्रु हो ।”
चैत्र २९ २०७५ मा प्रकाशित