असान्जको गिरफ्तारी, संकटमा खबरदारी

असान्जको गिरफ्तारी, संकटमा खबरदारी

२९ चैत्र, काठमाडौं । अमेरिका दुबै दलका सांसदहरूले विकिलिक्सका संस्थापक जुलिया असान्जको गिरफ्तारीबाट रमाइरहेका बेला विकिलिक्सका सम्पादक र असान्जका वकिलले यो प्रेसले गर्ने खबरदारीमाथिको संकट भएको बताएका छन् । उनीहरूले प्रेसको खबरदारी गर्ने कार्यमा थपिएको संकट विरूद्ध लडने प्रतिबद्धता व्यक्त गरेका छन् ।

असान्जलाई पक्राउ गर्नु भनेको जो सत्ताको दुरूपयोग गर्ने विरूद्ध बोलिरहेका छन् तिनका मुख थुन्नु भएको विकिलिक्सका सम्पादक क्रिस्टिन ह्रराफनसन र असान्जका वकिल जेनिफर रोबिन्सन भनेका छन् । उनीहरूले यस विरूद्धको लडाइ लड्ने बताए । अमेरिकाको विरूद्धमा सत्य प्रकाशित गरेका कारण उनलाई पक्राउ गर्नु गलत भएको उनीहरूको भनाइ छ । यो विश्वभरिका पत्रकार र सञ्चार प्रतिष्ठानका लागि खतरा भएको छ ।

विकिलिक्सले इराक र अफगानिस्तानमा अमेरिकाले गरेको युद्धका गोप्य दस्तावेज सार्वजनिक गरेको थियो । यो कूटनीतिक इतिहासमा सबैभन्दा ठूलो सूचना चुहावट बनेको थियो । विकिलिक्स पछि पानामा पेपर्स र इडवार्ड स्नोडेनले पनि सूचना त्यसै अनुसार गरेको थियो ।

विकिलिक्स कतै गइरहेको छैन् असान्जलाई रिहा गराउन लडाइ लड्ने सम्पादक र वकिलले प्रतिबद्धता जनाएका छन् ।

हरेक छिस्रिक घटना हुँदा पनि वक्तव्य दिन तछाडमछाड गर्ने नेपालका मानव अधिकारकर्मी र पत्रकारसँग सम्बन्धित संघ संस्थाहरु यसबारेमा चुँसम्म नबोल्नुको गुढ अर्थ बुझ्न गा¥हो भएको छ । अमेरिकाको गुरुयोजनामा असान्ज गिरफ्तार भएका र यहाँ विभिन्न नाममा अमेरिकी डलर आएकाले त्यसमा धक्का लाग्नसक्ने त्रासका कारण मौन बसेको बजारमा चर्चा चल्न सुरु भएको छ ।