चन्द्रागिरीको ‘कुल’ मा अध्यक्षद्वयको ‘हट’ बहस

चन्द्रागिरीको ‘कुल’ मा  अध्यक्षद्वयको ‘हट’ बहस

काठमाडौं २९ चैत । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष तथा पूर्व प्रधामन्त्री प्रचण्ड बिहीबारदेखि काठमाडौंको चन्द्रागिरीको ‘कुल’ मौसममा राजनीतिक ‘हट’ बहसमा व्यस्त छन् । उनीहबीच पार्टी एकताका विषयमा सघन छलफल भइरहेको छ ।

बिहीबारदेखि नै चन्द्रागिरीको पहाडमा गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र पार्टी महासचिव विष्णु पौडेलको पनि सहभागिता रहेको छ । स्रोतका अनुसार पार्टी एकता लगायतका विषयमा छलफल गर्न अहिले पार्टीका अन्य नेताहरु पनि त्यहाँ पुगिसकेका छन् । स्रोतका अनुसार बैठकमा पार्टीभित्र देखिएको विवादलाई कसरी मिलाएर एकता सम्पन्न गर्ने भन्ने विषयमा गहन छलफल जारी छ ।

नेकपा बैठकले चाँडै नै तल्लो तहसम्म पार्टी एकता गर्ने बताइरहेको सन्दर्भमा बिहीबारदेखि जारी दुई अध्यक्षसहितको बैठकले केही ‘ब्रक थ्रु’ पक्कै गर्ला भने अनुमान लगाउन थालिएको छ । त्यसो त प्रधानमन्त्री केपी ओलीले चाँडै अर्को सरप्राइज दिने अभिव्यक्ति दिइरहेको सन्दर्भमा आगामी बैशाख ९ गते पुष्पलालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेको ७० वर्ष पुग्दैछ भने लेनिन जयन्ति पनि त्यसै दिन पर्दछ । यसबाट पनि के आशा गर्न सकिन्छ भने यो एकताले चाँडै मूर्त रुप लिन्छ ।