कांग्रेसको चेपुवामा भारतीय बामपन्थी

कांग्रेसको चेपुवामा भारतीय बामपन्थी

सन् २००४ को लोकसभा निर्वाचनमा केरला राज्यको २० मध्ये १८ सिटमा भाकपा (माक्र्सवादी) लाई केरली जनताले जिताएका थिए । त्यतिखेर कांग्रेसको हातमा सुन्ना सिट प¥यो । भारतको अन्य प्रान्तभन्दा अत्यन्त धेरै करिव ९६ प्रतिशत साक्षरता दर भएको केरलाको यो निर्णय त्यसै आएको थिएन ।

भारतमा एक प्रकारले लोकतन्त्रमाथि नै बादल लागेको थियो र माक्र्सवादी पार्टीलाई लोकतन्त्रको रक्षकको रुपमा उनीहरुले लिए र मतादेश दिए । यो त्यस्तै बेला थियो जतिखेर धर्मनिरपेक्षता, सूचनासम्बन्धी अधिकार, जंगलसम्बन्धी अधिकार जनतालाई प्रत्याभूत गर्नु पर्ने थियो । यूपीए सरकार बनेपछि बामपन्थीहरुको जोडबलमा यी अधिकारहरु कानून बनेर आए ।

बामपन्थीहरुले त्यतिखेर मुद्धाको आधारमा चुनाव लडेकाले मतादेश पाए । त्यसयता भारतीय बामपन्थी दलले समसामयिक मुद्धा भन्दा पनि भाजपालाई साइजमा ल्याउने अनेक चालमात्र खेले । यूपीए गठबन्धन बनाउनेदेखि सारमा भाजपालाई हराउने मात्र रणनीति लिए जसको कारण उनीहरु अलगथलग भए ।

यता भारतीय जनता पार्टीले ‘हिन्दू धर्मतान्त्रिक सांस्कृतिक राष्ट्रवाद’ मुद्धा अगाडि सा¥यो । भारतमा यो विल्कुलै नौलो र ‘आकर्षक’ नारा थियो । हिन्दु, हिन्दी र हिन्दुस्तान भाजपाको नाराले भावनात्मक खेलबाड ग¥यो । यस्तो नारालाई चिर्न कांग्रेसले नसक्नु आफ्नै ठाउँमा छँदै थियो । बामपन्थीहरुले पनि चिर्न सकेनन र उनीहरु चारैदिशाबाट चित खाए ।

भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम येचुरीले भारतीय सञ्चारमाध्यमलाई यस्तै आसयको अन्तरवार्तामार्फत आफ्नो अभिव्यक्ति बाहिर ल्याएका छन् । गत लोकसभा निर्वाचनमा भाजपा र उसको गठबन्धनले बहुमत सिद्ध गरेपछि सरकार बनायो । तर एक कार्यकाल सरकार चलाएपछि मोदी ब्राण्ड यति तल खस्किसकेको थियो कि भारतीय राष्ट्रिय कांग्रेसले सहयोगी दललाई गठबन्धनको भाउ नै दिएन ।

यो निर्वाचनमा यतिसम्म ग¥यो कि माक्र्सवादीको पकड भएको पश्चिम बंगाल र केरलामा सिटको तालमेल नगरी आफ्नै उम्मेदवार खडा ग¥यो । बामपन्थी र कांग्रेसबीच प्रतिष्पर्धा नगर्ने घोषणा गरिएको व्यर्थ त्यतिबेला गयो जतिबेला कांग्रेसले पश्चिम बंगालमा माक्र्सवादीका वर्तमान सांसद रहेको दुई क्षेत्रबाट कांग्रेसले उम्मेदवार खडा गरिदियो ।

महासचिव येचुरीले बामपन्थीहरुको भूमिका खुम्च्याएर बैकल्पिक शक्तिलाई कमजोर बनाउन कांग्रेस लागिपरेको उदाहरण सहित अन्तरवार्तामा भनेका छन् । बंगालमा त्रिणमुल कांग्रेसलाइ हराउन अधिकतम सहकार्य गर्न कुरा पनि कांग्रेसले लत्याइ दियो । बंगालको चुनावले दिने परिणामको भरमा माक्र्सवादीको भविष्य बाँकी छ । गएको निर्वाचनमा यो क्षेत्रमा माक्सवादीका एक सय ७९ जना कार्यकर्ताहरु मारिएका थिए । त्यतिखेर कांग्रेसँग चुनावी प्रतिष्पर्धा थिएन । यतिखेर बामपन्थीहरु चारैतिर प्रतिष्पर्धामा घेरिएका छन् । बामपन्थीहरु कांग्रेसको चेपुवामा पनि परेका छन् ।    

२०७५ साल चैत्र २९ गते