यू–१९ विश्वकप एसिया छनोटः सिंगापुर बिरुद्ध नेपालको शानदार बिजयी सुरुआत

यू–१९ विश्वकप एसिया छनोटः सिंगापुर बिरुद्ध नेपालको शानदार बिजयी सुरुआत

काठमाडौं, २९ चैत । यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले सिंगापुर बिरुद्ध शानदार बिजयी सुरुआत गरेको छ ।

मलेशियामा सुरु भएको शुक्रबारको खेलमा नेपालले सिंगापुरलाई दुई सय १७ रनको भारी अन्तरले हराउँदै जितको सुरुआत गरेको हो ।

टस हारेर ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै दुई सय ८२ रन बनायो । नेपालको पारीमा कप्तान रोहित कुमार पौडेल शतक बनाउनबाट ५ रनले चुके । १८ रन बनाउँदा दुई विकेट गुमाएको नेपालको पारीलाई पवन शर्राफ र रोहितकुमार पौडेलले सम्हालेका थिए ।

उनीहरुले तेस्रो विकेटका लागि एक सय आठ रनको साझेदारी गर्न सफल भए । जसमा पवनले ४७ रन बनाए । रीत गौतम तीन रनमा र आशिफ शेख आठ रनमा आउट भएपछि नेपालले १९ रनमा दुई विकेट गुमाएको थियो ।

त्यसपछि पवन र सन्दीप जोरा लगातार रुपमा आउट भएपछि नेपालले एक सय आठ रनमा चार विकेट गुमायो । नेपालका लागि भिम सार्कीले २६ तथा कुशल मल्लले १० रन बनाए । सातौं विकेटका लागि रोहित र रासिद खानले ७७ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पु¥याएका थिए । तर रासिद ४८ रनमा रनआउट हुँदा नेपालका स्कोर दुई सय ३७ रन थियो ।

जवाफमा सिंगापुर ३१ ओभरमा मात्र ६५ रनमा अलआउट भयो । नौ रनमा पहिलो विकेट गुमाएको सिंगापुरले २९ रन बनाउदा चार विकेट खेर फालेको थियो ।