पाँच खेलाडी ओलम्पिक टर्च बोकेर विराटनगरबाट हिँडे, सातै प्रदेश घुमाइने

पाँच खेलाडी ओलम्पिक टर्च बोकेर विराटनगरबाट हिँडे, सातै प्रदेश घुमाइने

 
काठमाडौं, ३० चैत । आठौं राष्ट्रिय खेलकुदका लागि शुक्रबार प्रदेश नं १ को विराटनगरबाट औपचारिक रुपमा ओलम्पिक टर्च लगिएको छ । आठौं राष्ट्रिय खेलकुदका विभिन्न खेल चैत २७ गतेदेखि सुरु भए पनि औपचारिक उद्घाटन बैशाख ५ गते हुनेछ ।

आठौं राष्ट्रिय खेलकुदको उद्घाटनका दिन पु¥याउने गरी पूर्व ओलम्यिन खेलाडीले ओलम्पिक टर्च विराटनगरबाट ७ वटै प्रदेशमा घुमाउँदै लैजाने छन् । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना तथा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको व्यवस्थापनमा भएको कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले ओलम्पिक टर्चमा द्वीप प्रज्ज्वलन गर्दै उद्घाटन गरेका थिए । उक्त ओलम्पिक टर्च विराटनगर बजार घुमाउँदै सबै प्रदेशमा लगिने छ ।

उक्त ओलम्पिक टर्च पूर्व ओलम्पियन खेलाडी जितबहादुर केसी, मेनुका राउत, विमला राना र डम्बर लिम्बूले लिएर जाने छन् ।

प्रमुख अतिथि प्रदेश प्रमुख प्रा डा  गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले राष्ट्रिय खेलकुदको सफलताको शुभकामना दिँदै प्रदेशबाट सहभागी भएका खेलाडीलाई विजयी हुनका लागि शुभकामना दिएका थिए ।

त्यस अवसरमा प्रदेशसभा सदस्य जयराम यादव, विन्ध्या कार्की, सावित्रा रेग्मी र कुसुम श्रेष्ठ, पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीलगायतको उपस्थिति रहेको थियो ।