उत्तर कोरियाले तेस्रो वार्ताका लागि अमेरिकासमक्ष तेस्र्यायो शर्त

उत्तर कोरियाले तेस्रो वार्ताका लागि अमेरिकासमक्ष तेस्र्यायो शर्त

उत्तर कोरियाली नेता किम जोंग उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तेस्रो शिखर वार्ता गर्न अघि आफ्नो शर्त सार्वजनिक गरेका छन् ।

आफू वार्ताका लागि खुला रहेको  बताउँदै उनले  उत्तर कोरियाको परमाणु कार्यक्रम बन्द गर्न स्वीकार गर्न सकिने अमेरिकी प्रस्तावको समय सीमा तोक्नुपर्ने खुलाए ।

उनले उत्तर कोरियाली संसदलाई यो जानकारी दिएको केही घन्टापछि दक्षिण कोरियाली राष्ट्रपति मून जाएले ट्रम्पसँग अमेरिकामा भेटेका थिए ।


हामीले वार्ता र सम्झौताको माध्यमबाट समस्याको समाधान गर्ने विषयको महत्वलाई स्थान दिन्छौ भन्दै उनले अमेरिकाले आफ्नो एकलौटी शैलीमा हाम्रा अगाडि माग तेस्र्याउने गरेको हाम्रालाई सही नभएको बताए । 

अमेरिकाको एकलौटी शैलीमा हामीलाई रूचि नभएको उनले सम्बोधनको क्रममा भने ।

 किमले ट्रम्पसँग आफ्नो व्यक्तिगत सम्बन्ध राम्रो रहेको पत्राचार कुनै पनि बेला हुन सक्ने बताए । ट्रम्प र किमबीचको भियतनाममा भएको दोस्रो शिखर वार्ता बिना कुनै निष्कर्ष समाप्त भएको थियो ।

तर, दुबै पक्षले तेस्रो शिखर वार्ताको प्रयास गरिरहेको देखिएको बेला किमको यो अभिव्यक्ति सार्वजनिक भएको हो ।