'असाञ्जेलाई राजनीतिक प्रतिशोध साँधिदैछ'
असान्जलाई मूर्खतापूर्ण युद्ध अपराधीहरूको अपराधको खुलासा गरेकाले विश्वका शक्तिशाली सरकारहरूले उनका विरूद्ध सबै शक्तिको प्रयोग गरी पक्राउ गरिएपछि उनको रिहाइका लागि माग मुखरित भइरहेको छ । जसलाई अभियोग लगाउनुपर्ने हो त्यसको अपराधलाई ढाकछोप गरिएको छ ।
रोब उरी भन्छन् “इराक विरूद्ध अमेरिकी युद्ध मानव इतिहासकै सर्वाधिक मूर्खतापूर्ण एवं सर्वाधिक निन्दनीयमध्येको एक थियो । यो असत्यमा आधारित, अपराधीहरू एवं मूर्खहरूद्वारा सञ्चालन गरिएको ,बाहिरबाट पेशेवर मगाइ हत्या गर्न लगाइएको युद्ध थियो, जुन अहिलेसम्म सकिएको छैन् । प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा युद्धमा मारिए अतिरिक्त कयौं लाख मानिस अहिले शरणार्थीको रूपमा पूरै मध्य पूर्वमा छरिन पुगेका छन् । यी शरणार्थीहरूमा एक लाख भन्दा बढी सिरियाली शरणार्थीहरू रहेका छन् । विस्थापित इराकी सेनाबाट आईएसआईएसको उत्पत्ति भयो । यो अहिले दुनियाँमा उपद्रो मच्चाइरहेको छ । एक अज्ञान एवं अहंकारको भारबाट थिचिएर एक साम्राज्य समाप्त भएको दृश्य दुनियाँका सामुन्ने घटित भएको थियो ।”
यो युद्धको क्रममा ढिलै भए पनि जुलियन असान्ज र विकिलिक्ससम्बद्ध उनका साथीहरूले चेल्सी म्यानिंगद्वारा भनिएअनुसार चुहाइएका दस्तावेज र भिडियो प्रसारण गरे । जसलाई हेर्दा अमेरिकी हिंसालाई त्यहाँको प्रवृतिलाई प्रस्ट्याउँछ । सबैभन्दा हानि पु¥याउने विषय युद्धपोतबाट अमेरिकी सैनिकहरूले ध्यानपूर्वक मानिस र रोयटरका कर्मचारी समेतलाई हत्या गरेको दृश्य देखिएको थियो । त्यस भिडियोमा देखिएका हत्याहरू कुनै पनि किसिमले न्यायपूर्ण देखिएको थिएन । यसलाई ‘कोलेटरल मर्डर’ भनियो जसमा आम मानिसलाई निर्ममतापूर्वक तारो बनाइएको थियो ।
असान्जमाथि भनिएजस्तै यो भिडियो लिक गर्ने चोरीको आरोप अमेरिकाको एक न्यायमण्डलले लगायो । देखिए अनुसार असान्जलाई अमेरिकामा सुपुर्दगी गरिनेछ । त्यहाँ उनलाई सुनुवाइमा उपस्थित गरिनेछ । उनलाई पत्रकारले जनताको हितमा सत्य कुरो बाहिर ल्याउन हुने नहुने विषयमा सुनुवाइको क्रममा परीक्षण गर्ने प्रयास गरिनेछ । न्यूयोर्क टाइम्स लगायत अन्य मिडियाले पनि चुहिएको समाचार प्रसारण गरेका थिए । उनीहरू विरूद्ध अहिलेसम्म कुनै अभियोग लगाइएको छैन् । यो कानुनी युद्धाभ्यास असान्जे विरूद्ध इराक युद्धमा अमेरिकाको छवि युद्ध अपराधीको जस्तो सार्वजनिक गरिएकाले राजनीतिकरूपमा प्रतिशोध साध्न गरिएको देखिन्छ ।
नेशनल डेमोक्रेट र उदारवादी प्रेसले सन् २०१६मा भएको राष्ट्रपति पदको निर्वाचनको क्रममा चुहिएको डीएनसी इमेल सार्वजनिक हुनुमा असान्जको भूमिकाले गर्दा विगत अढाई वर्षदेखि उनलाई दानवको रूपमा प्रस्तुत गर्दै आएका छन् । सरकारले असान्जको विरूद्ध दर्ता गरिएको मुद्दामा चुहाइएको भिडियो र दस्तावेजसम्बन्धी सामग्रीमा विवाद छैन ।
उनीहरू त्यही हुन जसको आँकक्षा अनुसार अमेरिकी सैनिकहरूले आम नागरिकहरू र रायटरका कर्मचारीको हत्या गरे जो तत्काल उनीहरूका लागि कुनै खतरा थिएनन् । हिलेरी क्लिण्टनका चुनावी अभियानका कर्मचारीहरूले बर्नी सैंडर्सलाई राष्ट्रपति पदको उम्मेदवारका लागि मनोनयन हुन पाउने दौडबाट बाहिर राख्न कसरी दबाब दिए ।
हिलारीले आफ्नो राजनीतिक पद र हैसियतका बारेमा विवादास्पद जानकारी दिइन । हिलारीले उनका दर्शक जे सुन्न चाहन्थे त्यस अनुरूप आफ्नो पद र हैसियतका बारेमा विवादास्पद जानकारी दिएकी थिइन् ।
असान्जले सार्वजनिक गरेका प्रतिवेदनका आधारमा इराक युद्धमा संलग्लन रहेका अमेरिकाका रिपब्लिकन र डेमोक्रेट्स सांसदहरूलाई युद्ध अपराधमा अभियोग लगाउनु पर्नेमा उल्टै असान्ज विरूद्ध अभियोग लगाउन थालिएको छ ।
असान्जले गरे त्यो धनी र शक्तिशालीहरूले गर्ने अपराधको खुलासा गरेका छन् । असान्ज र उनका विकिलिक्सले जे अपराध सार्वजनिक गरेका छन् त्यसका आधार बनाइ उनलाई अभियोग लगाउन हुँदैन् । इराक युद्धमा भएका युद्ध अपराध गराउनेहरूलाई हेगका अदालतमा उभ्याएर सुनुवाइ शुरू गर्नुको साटो असान्ज विरूद्ध अभियोग तय गर्न सरकारहरू लागि परेका छन् ।
प्रतिक्रिया