ब्राजिल र भेनेजुएलाबीच युद्ध होला ?

 ब्राजिल र भेनेजुएलाबीच युद्ध होला ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इशारामा ब्राजिलका दक्षिणपन्थी राष्ट्रपति जैर बोल्सानारोले भेनेजुएलामा सैनिक हस्तक्षेप गर्ने चेतावनी दिएपछि दुई देशबीच युद्ध हुने सम्भावना बढेर गएको छ ।

त्यसको जवाफमा भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले ब्राजिल सेनाको प्रतिरोध गर्ने चेतावनी दिएका छन् । 

ब्राजिलका दक्षिणपन्थी राष्ट्रपतिबाट हुन सक्ने युद्धका लागि सबै एकजुट हुन राष्ट्रपति मदुरोले जनतालाई आह्वान गरे । मदुरोले बोल्सोनारोलाई फासिवादी हिटलरका पथगामी भएको आरोप लगाउँदै यस्तो भने ।

ब्राजिलले मदुरोलाई हटाएर त्यहाँको अमेरिकी समर्थित प्रतिपक्षी नेता जुआन गुआइदोलाई स्थापित गराउन सहयोग गर्ने बोल्सोनारोले जनाएपछि दुई देशबीचको तनाव थप चर्किएको हो ।

यसअघि जुआनले गर्दै आएका विरोध प्रदर्शन र स्वाघोषित राष्ट्रपतिको रूपमा गरेका पहलबाट मदुरो विस्थापित नभएपछि अमेरिकाले विभिन्न हतकण्डा अपनाएको देखिएको छ ।

२०७६ साल वैशाख १ गते