मानिसकोे हत्या गर्ने उड्न नसक्ने चरा 

 मानिसकोे हत्या गर्ने उड्न नसक्ने चरा 

१ वैशाख । अस्ट्रेलियाली चरा इमुजस्तो देखिने ६ फिटसम्म उभिन सक्ने उड्न नसक्ने प्रजातिको कासोवारी नामक चराले मालिक लडेपछि उसको हत्या गरेको छ ।

कासोवारी ६ फिट अग्लो र ६० किलो वजनको कालो प्वाँख भएको नीलो टाउको र घाँटी भएको यो चरालाई अस्ट्रेलिया र न्यू गुइनियाको उड्न नसक्ने प्रजातिको चराको रूपमा मानिन्छ ।

अधिकारीहरूका अनुसार फार्ममा काम गरिरहेका बेला मानिस लडेपछि कासोवारीले तिनको हत्या गरेको हो । यो चराले त्यो मानिसको हत्या आफ्नो लामो पञ्जाको प्रयोग गरी गरेको देखिएको दि आलाचुआ काउन्टी फायर रेस्क्यु डिपार्टमेन्टले यस्तो जानकारी दिएको छ । 

त्यो मानिस त्यो चराको प्रजनन कार्यक्रममा सक्रिय रहेको देखिएको छ । उपप्रमुख जेफ टेलर भन्छन् “व्यक्ति कुनै ठाउँमा लडे होला र त्यसपछि कासोवारीले उनीमाथि आक्रमण गरेको होला ।” चराले आक्रमण गरेको यो घटनाको जानकारी पाएपछि उनलाई अस्पताल लगिएको थियो तर उनलाई बचाउन सकिएको थिएन ।

 द स्यान डियागो चिडियाखानाको वेबसाइटमा कासोवारीलाई विश्वकै सबैभन्दा खतरनाक चराको रूपमा उल्लेख गरेको छ । यो चराको चार इन्चको छुरीजस्तो च्याप्प समात्ने किसिमको खुट्टा हुन्छ । कासवारीलाई घनघोर जंगलमा प्रतिघन्टा ५० किलोमिटरको गतिमा उड्न उसको खुट्टाले मद्धत गर्छ । न्यू गुइनियाको केही भागमा यो चरालाई खाने पनि गरिन्छ ।