पार्टी एकता सकारात्मक दिशामा

पार्टी एकता सकारात्मक दिशामा

१ वैशाख, काठमाडौं । नेपाल कम्यु्निस्ट पार्टीबीचको तल्ला तहको एकता प्रक्रिया सकरात्मक दिशातिर गइरहेको छ । पार्टी स्थापना दिवस तथा लेनिन जयन्तिको अवसरमा औपचारिकता दिने सम्भावना रहेको छ । 

गत वर्ष मदन भण्डारीको स्मृति दिवसका अवसरमा एकता भएको तत्कालीन नेकपा एमाले र माओवादीबीच पार्टी एकता भएको पनि एक वर्ष हुन लागेको छ । तीन महिनाभित्र पार्टीको तल्लो तहसम्म तीन महिनाभित्रभै एकता कार्य टुंग्याउन लिखित सहमति भए पनि त्यो एक वर्ष हुनै लाग्दा पनि कार्यान्वयन हुन सकेको छैन ।

नेकपा झन एक ढिक्का होला भन्दा झन गुट उपगुटमा बिभक्त भएको छ । पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ,  भीम रावल लगायतका नेताहरु आफूखुशी पार्टीको हित विपरीत अभिव्यक्ति दिँदै हिँड्दा नेकपा गुटैगुटैको थुम्को जस्तो देखिएको छ ।


नेकपाले गत पुसकै स्थायी कमिटी बैठकबाट पार्टीले गर्नुपर्ने काम भन्दै आफ्नो कार्यभार तय गरेको थियो । उक्त दस्तावेजमा पार्टी पार्टीको सङ्गठनात्मक एकीकरण, वैचारिक र भावनात्मक एकताको सुदृढीकरण, विशेष अभियान, सबै सरकारहरुको प्रभावकारी परिचालन, समृद्धिको योजना, प्रभावकारी प्रचार कार्य, सुशासन, सङ्घीय संरचनाहरुको सुसञ्चालन, राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको रक्षा, पार्टी स्कूल, पार्टी पक्ङ्तिलाई उत्पादन कार्यमा आबद्ध तुल्याउने जस्ता कार्यभार उल्लेख छन् ।

दुई दिन अघि मत्र पनि नेकपाका दुई अध्यक्ष, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल सहित टोलिले पार्टी एकताको लागि चन्द्रागिरीको पहाडमा सघन छलफल गरेका छन् । छलफलले पार्टी एकता तत्काल तल्लो तहसम्मै टुंग्याउने र त्यसका लागि यही बैशाख ९ गतेभित्र सबै काम टुंग्याउने गरी काम अघि बढाउने निर्णय गरेको स्रोतको दावी छ ।

सरप्राइज दिँदै दुई पार्टी एकता गरेका दुई अध्यक्षले पार्टीभित्रको मतभेद अन्त्य गर्दै पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेकपा स्थापना गरेको ७० वर्षको अवसर र लेनिन जयन्तीको अवसरसमेत पारेर नेपाली जनतालाई पक्कै दर्बिलो एकताको सन्देश दिनेछन् भन्ने अशा गरिएको छ ।