कर्पोरेटको प्रवेश : राजनीतिमा धमिरा

कर्पोरेटको प्रवेश : राजनीतिमा धमिरा

भारतीय राजनीतिको मुख्य धमिरा कर्पोरेटको प्रवेशले गर्दा भएको हो । बृटिशकालीन उपनिवेशको अन्त्यपछिका केही कालसम्म कर्पोरेटको प्रभाव भारतीय राजनीतिमा जम्न सकिरहेको थिएन । भारतीय राष्ट्रिय कांग्रेसले कर्पोरेटको हित सुनिश्चित गर्न सक्ने उद्वेश्यका साथ कर्पोरेटको प्रवेश पहिलो पटक कांग्रेसमार्फत भयो । 

उपनिवेशको अन्त्यपछि करिव ७५ वर्षको भारतीय राजनीतिमा कांग्रेसले सबैभन्दा वढी शासन सत्ता चलायो । तर ८० को दशक यता उसले कर्पोरेटको हित जसरी गर्नु पर्दथ्यो त्यो अनुसार गर्न सकेन । कांग्रेसले समाजवादलाई बचाउँदै कर्पोरेटको हित गर्ने जुन दोहोरो नीति लिएको थियो कांग्रेसको पतन र भाजपाको उदय त्यहीँबाट सुरु भयो । श्रीमती इन्दिरा गान्धीले आपातकाल लगाएर कर्पोरेटको अहितमा जुन योजना बुनिन त्यसैको फलस्वरुप उनको पतन सुरु भयो । 

राष्ट्रिय रुपमा गान्धीले आपातकाल लगाउँदा लोकतान्त्रिक अधिकारहरु कुण्ठित हुनु स्वभाविकै थियो । वास्तविक अर्थमा भने उनले धेरै वित्तीय निगमहरुलाई राष्ट्रीयकरण गरेकी थिइन । यस्ता प्राइवेट वित्तीय निगमहरु धमाधम राष्ट्रीयकरण हुँदा भारतीय कर्पोरेटहरु मात्र होइन अन्तर्राष्ट्रिय कर्पोरेटहरु पनि भारतीय बजारमा ध्वस्त हुँदै जाने निश्चित थियो । यसरी त्यसबखत लोकतन्त्रको बहाली गर्ने व्यानरमा कांग्रेसलाई सत्ता बाहिर धकेल्ने काम ग¥यो र जनता पार्टीलाई सत्तामा ल्यायो । तर कांग्रेस विरोधी यो गठबन्धनले पनि कर्पोरेटले भनेबमोजिम गर्न नसकेपछि कुवेलैमा ‘कु’ गरिदियो । 

भारतीय राजनीतिमा कर्पोरेटको यो पहिलो प्रयोग असफल सावित भयो । कर्पोरेटले पुरानै नोकर कांग्रेसमार्फत फेरि राजनीतिको रंग फे¥यो । तर भित्रभित्रै वैकल्पिक शक्तिको निर्माणमा पनि लगानी गर्दै रह्यो । त्यो शक्तिको उदय ८० को दशकदेखि विकसित हुँदै गयो । 

भारतीय कर्पोरेटहरु सानातिना गठबन्धन गरेर राष्ट्रिय राजनीतिमा पकड राख्न सकिन्न भन्ने मोडलबाट आजित भइसकेका थिए । जनता पार्टीको उपयोग गरेर कांग्रेसलाई सत्ता बाहिर पु¥याउन त सकिने तर त्यसबाट काम चलाउन नसकिने ठहरमा थिए । 

व्यक्ति प्रधान विकल्प 

भारतीय कर्पोरेटले पार्टीमा व्यक्ति प्रधान व्यवस्था रहुन्जेल उपयोग गर्न सकिने ठहरमा पुगिसकेका थिए । कांग्रेस पार्टीमा व्यक्ति प्रधान रहुन्जेल उनीहरुले कमोवेस आफ्नो नीतिमा हिँडाएका थिए । तर राजीव गान्धीको हत्यापछि कांग्रेस पार्टी नेता प्रधान पार्टीको रुपमा रहेन । सोनिया गान्धीको व्यक्तित्व पार्टीमा प्रधान हुने जनमत थिएन । राहुल र प्रियंकाको छवी पनि वनिसकेको थिएन । जबसम्म पार्टीमा व्यक्ति प्रधान हुँदैन तबसम्म कर्पोरेटको हित हुन असम्भव नै हुन्थ्यो । 

त्यही समयमा नरेन्द्रदास मोदी गुजरात मोडेलको ‘तथाकथित विकास’ बाट भारतीय पुँजीबजारमा हाइहाइ कमाइ रहेका थिए । यो मोडेलबाट उनमा भारतको राष्ट्रिय राजनीतिमा आउनसक्ने महत्वाकांक्षा बढ्दै गएको थियो । भारतका कर्पोरेटहरुले पनि मोदीको छबिलाई नजिकबाट हेरिरहेका थिए । र, २०१४ को लोकसभा निर्वाचनमा कर्पोरेटले मोदीमाथि लगानी हाले । कर्पोरेटको सहयोगमा एक्कासी मोदीको उदय भयो । कर्पोरेटको लगानीको सार भारतीय राजनीतिमा पहिलो पटक प्रधानमन्त्रीको उम्मेद्वार पहिले नै घोषणा गरेर चुनावी राजनीतिमा गएको प्रयोग थियो । 

तर, मोदीले कर्पोरेटले भनेजस्तो परिणाम दिन सकेनन् । विदेशी लगानी भित्रिएन । भारतलाई अन्तर्राष्ट्रिय छविमा हिँडाउन सकेनन् । अमेरिका, जापान, अष्ट्रेलिया र स्वयम् भारत सम्मिलित ‘क्वाड’ लाई सक्रिय बनाउने काम गरेनन । एसिया–प्यासिफिकमा भारतले कुनै भूमिका पनि खेलेन । अमेरिकाले प्राथमिकतामा राखेर प्रस्ताव गरेको इण्डो–प्यासफिक रणनीतिमा अलमल गरे । 

चीनले प्रस्ताव गरेको ‘बेल्ट एण्ड रोड इनिसिएटीभ’ कार्यक्रममा पाकिस्तान–चीन कोरीडोरमा मात्र भारतको असन्तुष्टि देखाए । सार्कलाई कोल्याप्स गरे तर विम्स्टेक पनि औपचारिकतामा नै सीमित भयो । यसरी मोदीले एक पछि अर्को असफलता दिने परिदृश्य देखाएकोले केही महिना अगाडि भारतको आठ राज्यमा भाजपाको हार भयो । कर्पोरेटले लगानी डुब्ने खतरा देखेपछि लगानी गरेनन् र भाजपाको पराजय भयो ।

पुरानो घोडा नयाँ अवतार 

भारतीय कर्पोरेटले अव पुनः पुरानो घोडालाइ नयाँ अवतारमा ल्याउने संकेत गरेको छ । यसको लागि व्यक्ति प्रधान नेतृत्वको पनि खोजी भैसकेको छ । भारतीय कांग्रेसलाई नै पुनः नयाँ विकल्पको रुपमा लगानी गरेर तयार गर्न लागेको छ । सोनिया र राहुलमार्फत विकल्प तयार गर्ने सम्भावना कम भएपछि यसपटक प्रियंका गान्धीलाई उतारिएको हो । प्रियंका मोडेलको प्रयोग आउने दिनको लागि हो । 

कर्पोरेटले कांग्रेसमा हात हालेकोले नै भारतीय कम्युनिष्टहरु गठबन्धनबाट बाहिरिन पुगेका हुन । भारतीय कम्युनिष्टहरु कर्पोरेट विरोधी भएकोले कांग्रेसले उनीहरुको पकड भएको बंगाल र केरलाको निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएर हराउने नीति लिएको छ । यसअघि त्रिपुरामा कम्युनिष्टहरुलाई हराउन भाजपालाई लगानी गरेको कर्पोरेटले यसपटक लोकसभामा आउन नदिन कांग्रेसमा लगानी गरेको छ । 

यसैपटकको निर्वाचनमार्फत भाजपालाई कर्पोरेटले सामान्य बहुमतबाट टाढा राख्ने कोसिस गर्नेछन् । मोदीको लागि क्षेत्रीय राजनीति (पाकिस्तान–चीन) अनुकूल भए पनि राष्ट्रिय राजनीतिमा भने मोदी अनुकूलता यसपटक छैन् । भाजपाले आगामी मे २३ पछि घोषणा हुने निर्वाचन परिणाममा सामान्य बहुमत ल्याउन सकेन भने पनि अनौठो नमाने हुन्छ । भाजपाको राजनीति आरालो लागिसकेको छ । यसपटक नै ठूलो दल हुनबाट भने कसैले रोक्न सक्ने स्थिति देखिदैंन । भाजपाको हिन्दु सांस्कृतिक राष्ट्रवादको धङधङीले अझै पनि पुनर्जलीय उपचार गर्छ नै ।