पुस्पलाललाई किन परिवारको घेरामा संकुचन ?

पुस्पलाललाई किन परिवारको घेरामा संकुचन ?

२ वैशाख, काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्व पुष्पलाल श्रेष्ठलाई राष्ट्रको सबैभन्दा ठूलो पदवी नेपाल रत्न मरणोपरान्त प्रदान गरेको छ । तर, यो पुरस्कार परिवारको हातमा सुम्पिइएको छ । 

यसअघि यो पदवीबाट विश्वेश्वरप्रसाद कोइराला, मदन भण्डारी, गिरिजाप्रसाद कोइराला तथा गणेशमान सिंहलाई विभूषित गरिएको थियो।

पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनमा अग्रणी नेता तथा कुशल सिद्धान्तकार हुन । उनी व्यक्ति नभएर एउटा संस्था तथा अभियन्ता हुन । उनलाई स्थापित गर्न सबै कम्युनिस्ट पार्टी, पुस्पलाल प्रतिस्ठान सक्रिय छ । 

तर, नेपाल रत्न उनको परिवारका सम्पत्ति बनाइनु उनको योगदानलाई खुम्च्याउनु मानिएको छ । यो रत्न उनका छोरालाई हस्तान्तरण गरिएको छ ।

गजब त कुरा त के छ भने पुस्पलाललाई स्थापित गर्न सबैभन्दा सक्रिय प्रतिस्ठानका कोही पनि पदाधिकारीलाई सम्मान बाँड्ने कार्यक्रममा बोलाइएको थिएन । 

उनले प्राप्त गर्ने मान सम्मान उनको परिवारमा सीमित गरिनु हुँदैन भन्ने धेरैको तर्क रहेको छ । 

यो मूल्यमा पनि महंगो
 नेपाल रत्न बनाउन १३ लाख लाग्ने यो तक्मा हिरा, सुन र मिना जडित हुन्छ। यो आठ कोणको मणिबाट बनेको हुन्छ। यसको व्यास ८।५ सेन्टिमिटर हुन्छ। यसको अग्रभागको प्रत्येक कोणमा पाँच पाँचवटा हिरा रहेको हुन्छ। कोणहरूको बीचमा दुई पातासहितको आठवटा लालीगुँरास रहेको हुन्छ।

आठवटा कोणको बीचमा सुनको रश्मी आकारको आठवटा कोण हुन्छन् । सुनको रश्मी आकारभित्र कमलको पात आकारको आठ वटा रातो मिना हुन्छ। यसको मध्यभाग सुनबाट बनेको नेपालको नक्सा र त्यसमाथि सुनकै सगरमाथाको चित्र हुनेछ।

यो रत्न छोराको घरमा भन्दा नेकपाको कार्यालय वा पुस्पलाल प्रतिस्ठानमा राख्नु सही हुन्छ । छोरालाई रत्न दिएर पुस्पलालकै अपमान भएको छ ।