‘विष्णु पौडेल सानो लोभमा फस्ने नेता हुन’

‘विष्णु पौडेल सानो लोभमा फस्ने नेता हुन’

शंकर तिमल्सिना

३ वैशाख, काठमाडौं । निर्वाचन आयोगमा प्रस्तावित गरिएका सामान्य मन्त्रालयका सचिव दिनेश थपलिया नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल जग्गा विवादमा परेकोमा निकै छटपटाएको उनी निकट स्रोतले बतायो । यसबाट जोगाउनका लागि कानुनी र व्यावहारिक विभिन्न उपायको खोजीमा लागेको पनि जानकारी दिए ।  

‘मलाई यो कुरा आएपछि सम्भावना बोकेको सन्तुलित नेतृत्व कसरी लोभमा फस्दा दुर्घटनामा परेको भन्ने लाग्यो । आफ्नो सानो स्वार्थका लागि उहाँको जिद्धीपनले मलाई पनि पछिल्लो समयमा झण्डै नराम्रो असर पारेन, बल्लतल्ल मिलाएँ’, थपलियाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । 

आफूसँग निकै हिमचिम भएका ती व्यापारीसँग थपलियाले पौडेलको बारेमा थप गुनासो गर्दै भनेछन्, ‘महासचिव पौडेलले बुहारी पमिता अधिकारीलाई उपसचिव बनाउनका लागि यति जोड गरे कि भनेको भनेइ, भनेको भनेइ, धेरै कुरा मिलाउनु पर्ने, धेरैसँग खुशामद गर्नुपर्ने, बल्ल तल्ल मिलाएँ । हेत्तेरिका ! फेरि बूढाले मलाई निर्वाचन आयोगमा पु¥याउन धेरै सहयोग गरे । मान्छे सहयोगी पनि हुन फेरि ।’

विष्णु पौडेलकी बुहारी परराष्ट्रमा अधिकृतमा जागिर खाइरहेको र उपसचिवमा बढुवाका लागि नयाँ पद नै सिर्जना गरेको थपलियाको दावी रहेको ती व्यापारीले झिल्कोसँग बताए । 

‘नखाने त को छन् र ! खाँदा पनि अलि मिलाएर खानुपर्छ नि ! सित्याइँ पाएँ भनेर चुक नै खानु त भएन नि !’ निकै चिन्तित मुद्रामा थपलियाको भनाइ उद्धृत गर्दै ती व्यापारीले भने । 

विष्णु पौडेलको लोभलाई निकटबाट जानेका वरिस्ठ नेता माधवकुमार नेपालले कतै सिध्याउन अगाडि सारेर क्याबिनेट डिसिजन त गराएनन् भन्ने आशंका पनि थपलियाले व्यक्त गरेका छन् । ‘नेपालले साँप पनि मर्ने र लट्ठी पनि नभाँचिने विधि अपनाएको हुनसक्छ, राजनीतिमा थुप्रै षडयन्त्र नीति हुन्छ’ थपलियाको प्रतिक्रिया थियो । 
     
कर्मचारी भएर पनि थुप्रै व्यापारीसँग थपलियाको निकट सम्बन्ध छ । उनी कतिपय व्यापारीसँग कारोबारी व्यवसायमा समेत जोडिएका छन् ।