दरौंदी दोहनमा सुरेन्द्रलाई सांसदको साथ

दरौंदी दोहनमा सुरेन्द्रलाई सांसदको साथ

गोरखा ३ बैशाख । नेपाली काँग्रेस र नेकपाका साँसदलाई प्रभावमा पारी गोरखा नगरपालिका – ९ लक्ष्मीबजारका सुरेन्द्र कुँवरले गैरकानुनी रुपमा दरौँदीमा क्रसर उद्योग सञ्चालन गरी नदीजन्य पदार्थ उत्खनन गरिरहेको तथ्य फेला परेको छ ।

रोल्पाको सुनिल स्मृति गाउँपालिकाका पदाधिकारी छ लाख बोकेर भारत भ्रमणमा, सेवाग्राही आक्रोसित

भूकम्प आपतकालीन सहायता आयोजनाले पालुङटार–लुईँटेल–आँपपिपल–भञ्ज्याङ–थालाजुङ–भच्चेक सडक स्तरोन्नतिका लागि लामा एण्ड अमर जेपी कम्पनीलाई ठेक्का दिएको र लामा एण्ड अमर जेपी कम्पनीले गोरखा नपा १० छेपेटारस्थित दरौदी किनारमा गोरखकाली क्रसर उद्योगलाई नदीजन्य पदार्थ (बालुवा, रोडा, गिट्टी) उत्खनन गर्न तत्काल जिम्मा दिएको थियो ।

हाल लामा एण्ड अमर जेवी कम्पनीले उल्लेखित कामका लागि नदीजन्य पदार्थ उत्खनन तथा संकलनार्थ रहेको क्रसिङ प्लान्ट बन्द गरिएको भनी सरकारी निकायहरुलाई पत्राचार गरेकोमा गोरखाली क्रसर उद्योगले इजाजत पाएको स्थान गोरखा नपा १३ देउरालीमा क्रसर सञ्चालन नगरी हाल पनि गोरखा नपा १० छेपेटारमै सञ्चालन गरिरहेको छ । यो ठाउँमा क्रसर सञ्चालनार्थ चाहिने विद्युत वडाले अनुमति नदिएपछि नगरपालिकाले ठाडो हस्तक्षेप गरेर दिएको छ । 

यस क्षेत्रमा नदीको उत्खनन् क्षेत्र फराकिलो रहेका कारण गोरखाली क्रसरका सञ्चालक कुँवरले नेकपाका सांसद चुडा खड्का र नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेको प्रत्यक्ष संरक्षणमा सो क्रसर गैरकानुनी रुपमा संचालन गरिरहेका छन् । उनले काँग्रेस र नेकपाका नेता तथा सांसदलाई आर्थिक प्रलोभनमा पारेको जिल्लामा व्यापक चर्चा छ । 

एक ठाउँमा सञ्चालनको अनुमति लिएर अर्को ठाउँमा आफुखुसी क्रसर सञ्चालन गर्ने कुँवरलाई कसले कस्तो कारबाही गरेर न्याय निसाफ देला स्थानीय जनता यसको पर्खाइमा छन् । 

यो पनि पढ्नुहोस

जनप्रतिनिधिहरु नै अवैध उत्खननमा सक्रिय 

दैनिक एक हजार छ सय भत्तामा मुक्तिनाथ यात्रा