‘भारतीय चुनाव कस्तो : पैसो, पैसो र पैसो हुनेहरूको जस्तो’

‘भारतीय चुनाव कस्तो : पैसो, पैसो र पैसो हुनेहरूको जस्तो’

३ वैशाख । भारतीय चुनावमा भारतका धनाढ्यहरूले सर्वाधिक खर्चिलो चुनाव बनाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फेरि प्रधानमन्त्री बनाउन सक्रिय भारतका कर्पोरेट हाउसहरूले ठूलो परिमाणमा धन संकलन गरेका छन् । अर्कोतर्फ विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक प्रक्रियाको इमान्दारिता संकटमा फसिरहेको  चिन्ता व्यक्त हुन थालेको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेस पार्टीका नेता राहुल गान्धीले उद्योगपति अनिल अम्बानी संलग्न रहेको लडाकू विमानको खरिद प्रक्रियामा सरकारलाई खेदेर मत बटुल्ने प्रयास गरिरहेका छन् भने प्रधानमन्त्रीले भगौडा धनपति विजय माल्या र निरव मोदीलाई लन्डनबाट फर्काउने प्रतिबद्धता जनाएर भोट मागिरहेका छन् ।

अज्ञात व्यापारीहरूबाट गुप्तरूपमा चन्दा पाएको भन्दै चुनाव लडिरहँदा सरकारमा स्वार्थको द्वन्द्व र पारदर्शीताको अभावले जरो गाड्ने आशङ्का बढाएको छ ।
अब्जर्भर रिसर्च फाउन्डेशनका निराजन साहूले चुनावलाई अवलोकन गर्दा धनीतन्त्र तर्फ गइरहेको बताउने गरेका छन् । यसले कर्पोरेट हाउसको गम्भीर प्रभाव सरकारको नीतिमा पर्नेछ ।

सेन्टर मिडिया स्टडिजको अनुमान अनुसार भारतीय जनता पार्टीले सन् २०१४ मा करिब ५ अर्ब अमेरिकी डलर बराबरको खर्च गरेको देखिएको छ भने भाजापले सन् २००९ मा दुई अर्ब खर्चेको देखियो । यो अध्ययन समूहका अनुसार ७ अर्ब अमेरिकी डलर बराबरको खर्च गर्न सक्ने देखिएको छ । भाजपाले संकलन गरेको सबै चन्दाहरूमध्ये ९३ प्रतिशत २० हजार भन्दा बढीको रहेको एडीआरको विश्लेषण रहेको छ । यसरी भाजपाले ४.३७ अर्ब भारु बैंकमा जम्मा गरेको थियो । कांग्रेसले २६ करोड ७० भारु मात्र संकलन गर्न पाएको थियो ।

भाजपा र कांग्रेसबीचको चन्दा संकलनको अन्तर ठूलो रहेको छ । निर्वाचन लड्न कांग्रेसलाई पैसाको अभाव रहेको साहूको बुझाइ छ ।

कांग्रेसको तुलनामा ६८ वर्षीय मोदी निकट भारतका ठूला ठूला सम्पत्तिशालीहरू जोडिएको देखिएका छन् ।

भारतका जेट र हेलिकप्टर मालिक अर्बपति गौतम अदानीसँग सन् २०१४ मा सभामा सम्बोधन गर्न हिडेका थिए । यसैगरी पाकिस्तानमा हवाइ आक्रमण गरेको मोदीको प्रशंसा रतन टाटाले गरेको देखियो ।

भारतका सबैभन्दा धनी मुकेश अम्बानीको कुल सम्पत्ति मोदी प्रधानमन्त्री बन्नु अघि १८.६ अर्ब अमेरिकी डिलर थियो अहिले बढेर ५३ अर्ब अमेरिकी डलर पुगेको फोब्र्सले जनाएको छ । अम्बानीले पटक पटक हाम्रा स्नेही प्रधानमन्त्री भनेर सम्बोधन गर्ने गरेका छन् ।

अर्बपति राज ‘द बिलेनियर राज’ का लेखक जेम्स क्राब्ट्री भन्छन् “मोदीलाई साथ दिने धनीहरूले मोदीको सत्तामा आएका बेला कसरी आफ्नो सम्पत्ति बढाउन सकेका छन् त्यसले धनसम्पत्तिको अवस्थालाई मापन गर्न सक्ने कुरो तपाईले हेर्न पाउनु हुनेछ ।”

अम्बानी र अदानी ग्रुपले यसबारे प्रतिक्रिया दिन नमानेको अध्ययनमा जनाइएको छ । ४८ वर्षीय राहुल गान्धीले मोदीलाई यिनै विषयलाई लिएर र मुकेशका कान्छा भाइ अनिल अम्बानीको मार्फत राफेल हतियार खरिदमा हुने भ्रष्टाचारको विषय उठाएर राजनीतिमा स्थान बनाउने प्रयास गरिरहेका छन् । उनले माल्या र नीरव मोदीले देशको धन लुटेर फरार भएको विषयलाई पनि उठाइरहेका छन् ।
मोदी मसिहा नभएको बताउँदै मुम्बइका एक व्यापारीले भने “मोदीले आफ्नो विकल्प नभएको विषय देखाउँदै मत मागिरहेका छन् ।’’

चुनाव कस्तो भइरहेको भन्दा उनले भने “पैसो,पैसो र पैसो हुनेहरूको जस्तो ।”