‘पूर्व सभासदको कोकोहोलो पैसाका कारण’

‘पूर्व सभासदको कोकोहोलो पैसाका कारण’

४ वैशाख, काठमाडौं । विवादास्पद व्यापारी उपेन्द्र महतोले पूर्व सभासद गायत्री साहको बच्चा जन्म प्रकरणमा साहले गरेको अभियानले ललितपुर नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल धेरै नै ड्यामेज भएको भन्दै छटपटाएका छन् । 

‘अस्पताललाई दक्षिण एशियाकै नमूना अस्पताल बनाउने सपना बोकेर हिंडेको र विभिन्न नेताबाट आर्थिक, नैतिक सहयोग पाइरहेकै बेलामा एउटी आफूलाई नेतृ भन्ने महिलाले गरेको कोकोहोलोबाट अस्पताललाई धेरै नै ड्यामेज भएको’ भन्दै  एक गैरआवासीय नेताले महतको भनाइ उद्धृत गर्दै भने, ‘गायत्री साहको कुरा अस्पताल र डाक्टरको लापर्वाहीबाट बच्चा जन्मेको नभई आठ लाख खर्च लागेको सुनेपछिको बर्बराहट हो । थोडी वीर अस्पताल बनाउन खोलेको हो मेडिसिटी, कमाउनका लागि खोलिएको हो । राम्रो उपचार दिने, राम्रो पैसा लिने हो ।’ लडाई साहको उपचारको विषयमा नभएर पैसा रहेको महतको जिकिर छ । 

गत चैत्र २० गते पूर्व सभासद गायत्री साहले डाउन सिण्ड्रोम भएको बच्चालाई जन्म दिएकी थिइन । साहले डाक्टर र अस्पतालको लापर्वाहीबाट अस्वस्थ बच्चा जन्मिएको र आफ्नो आर्थिक अवस्था नाजुक भएको भन्दै अस्पतालले गल्ती स्वीकारी हेरचाह, उपचारको जिम्मा लिनुपर्ने भन्दै बच्चा छाडी चैत्र २४ गते प्रेस वक्तव्य जारी गरिन ।

साथै उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासनमा समेत यसै व्यहोराको निवेदन दिएकी थिइन । 

कस्तो उपचारमा कतिसम्म पैसा लिन पाउने भन्ने प्रावधान प्राइभेट अस्पताललाई नहुँदा यस्ता समस्या दोहोरिइरहन्छ । केही नेतालाई सित्याइ स्वदेश र विदेशमा उपचार गराएर आमजनतालाई लुट्ने छुट उपेन्द्र र उनी जस्ता प्राइभेट अस्पताल चलाउनेलाई दिनु हुँदैन ।   

यो पनि पढ्नुहोस

मेडिसिटीको लापरवाही बढ्दैछ