आखिर नेपाली न्यानो स्याटेलाइटको सफल प्रक्षेपण

आखिर नेपाली न्यानो स्याटेलाइटको सफल प्रक्षेपण

५ वैशाख, काठमाडौं । आखिर नेपालको पहिलो पटक अन्तरिक्षमा आफ्नै स्याटेलाइट वा भू–उपग्रह केही बेरअघि प्रक्षेपण कार्य सम्पन्न भयो ।

सो स्याटेलाइट अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष अध्ययन संस्थान नासाले जनाएको छ ।

आकारको हिसाबले सानै भए पनि नेपाली भू –उपग्रह प्रक्षेपण भएको छ । 

विश्वभरि छरिएर रहेका नेपालीहरूले सामाजिक सञ्जालमा खुशी व्यक्त भइररहेका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका अनुसार नेपालको भू–उपग्रह नेपाली समय अनुसार बिहीवार बिहान २.३१ बजे अमेरिकाको भर्जिनियाकाट तटीय क्षेत्रबाट अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा प्रक्षेपण गरियो ।

अमेरिकी हवाई तथा नासाको वालोप्स उडान केन्द्र त्यहाँ छ ।

त्यो केही समयपछि अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पुग्ने अपेक्षा गरिएको छ ।

बिहीवार बिहानै जापान र श्रीलङ्काका स्याटेलाइटहरूलाई पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पु¥याउने कार्यक्रम रहेकाले यी तीनवटै देशका स्याटेलाइटहरूसँगै अन्तरिक्षमा पुग्ने अपेक्षा गरिएको छ ।

यो सानो आकारको स्याटेलाइट बनाउने कार्यमा जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्के थिए । उनका अनुसार नेपालीस्याट–१ करिब एक किलो तौलको छ ।

उनको भनाइमा यो प्रविधिमा नेपालले अझै धेरै काम गर्न बाँकी छ ।

मास्केका अनुसार यो भू–उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहन्छ र त्यसपछि अन्तरिक्षमा घुम्न थाल्नेछ ।

यो भू–उपग्रहबाट नेपालले रिमोट सेन्सिङ्ग भनिने प्रविधिको फाइदा लिनसक्ने र 
यसको सहयताले नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्बिरहरू प्राप्त गर्न सक्ने भएको उनले जनाए ।

यो भू–उपग्रह अन्तरिक्षमा तीन महिनादेखि एक वर्षसम्म सञ्चालनमा रहनेछ ।

लामो समय सञ्चालनमा रहने भू–उपग्रह निर्माण गर्न र प्रक्षेपण गर्न नेपालले ठूलै लगानी गर्नुपर्ने र त्यसका लागि नास्टले बोलपत्र आह्वान गरिसकेको छ ।

भू उपग्रह प्रक्षेपण भएपछि प्रधानमन्त्री के पी शर्मा ओलीले ट्विट गरेका छन्, ‘आज विहान २ः३१ बजे नेपालको पहिलो उपग्रह ‘नेपाली स्याट–१’ प्रक्षेपण भएको छ । यो सँगै नेपाल पनि सेटलाइट प्रक्षेपण गर्ने मुलुकहरुको सूचिमा जोडिएको छ । यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीवृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्टसहितका सबै निकायहरुलाई बधाई !’