जनमत पार्टी ( सिके राउत) को प्रश्नै प्रश्न मधेस सम्बन्धित दलहरुलाई

जनमत पार्टी ( सिके राउत) को प्रश्नै प्रश्न मधेस सम्बन्धित दलहरुलाई


(सिके राउतको वालबाट लिइएको तलको प्रश्नहरु हुन । कतिपय दोहोरो अर्थ लाग्ने गरी प्रश्नहरु प्रस्तुत गरिएका छन् । अराजनीतिक ‘दलाल’ शब्द पनि प्रयोग गरिएको छ ठाउँठाउँमा । मधेसी समुदायको भावना भड्काउन तलका वाक्यहरु नै काफी छन् ।)


दलाल पार्टीहरुले भोट मागे ओलीजीको विरुद्धमा तर एकमुष्ट बेची दिए ओलीजीलाई ।

६० मधेसीका हत्यारा भनेर एमाले र ओलीजीको विरुद्ध मधेसी जनतासँग दलाल पार्टीले भोट मागे ।

उनै एमाले र ओलीजीलाई प्रधानमन्त्री बनाउन भोट दिँदा उनीहरुको हात कामेन ?
उही एमाले र ओली सरकारमा सामेल भएर मन्त्री बनेर ऐश गर्दा उनीहरुलाई ग्लानी भएन ?

यसपटक मधेसका दलाल दलाल पार्टीहरुले भोट मागेका थिए– केवल ओलीजीको विरुद्धमा । ६० शहीदका हत्यारा हुन, मधेस विरोधी हुन, उसलाइ भोट नदेऊ, एमालेलाई मधेसबाट साफ गर, एमाले मुक्त देश । र, मासुम मधेसी जनताले सुने पनि ।

तर मधेसी जनताको भोट ठगेर दलाल पार्टी हिँडे उही एमाले र ओली सरकारलाई भोट दिन, एकमुष्ट भोट बेच्न । र, राम मनोहर यादवलाई मारिदिए । तिनीहरुको कुनै औकात छैन मधेसी जनतामा औंला उठाउने ।

ओलीजीलाई जनकपुरमा गेट बनाएर, सडक बढार्नेहरु को थिए ? पाँच महिना नाकाबन्दी लगाएर तहसनहस गरेपछि, दर्जनौं मधेसीलाई मराए पछि, माग जबसम्म पूरा हुँदैन तबसम्म काठमाण्डू जाँदैनौ पनि, वार्ता मधेसमै हुन्छ भनेर कसम खानेहरु ओलीजीको एक फोन कलमा कसरी काठमाण्डू चिया विस्कुट खान गएका थियौ, भुल्यौ ? समाचार क्लिप हेरेर याद गर ।

स्वतन्त्र मधेस गठबन्धनले ओलीजीको साथमा हैन, नेपाल सरकारको साथमा आफ्नो विजय हासिल गर्दै सम्झौता गरेको हो, त्यो पनि समान हैसियतमा । त्यो पनि सबैको सामुन्ने, पूरा देश विदेशको सामुन्ने खुल्लमखुल्ला । सबै च्यानलमा प्रत्यक्ष प्रसारण गरेर, सारा जनतालाई साक्षी राखेर । ती दलाल पार्टीहरु जस्तो गुपचुप कुनै अध्यारो कोठामा डिलिङ गरेर हैन । आज दलाल पार्टीहरुको अध्यक्षहरुलाई ओलीजीले चिया विस्कुट ओलीजीले बोलाउँदैनन त त्यो रिस हामीसंग किन ?

कोठा बाहिरको भोट कसैलाई मन्त्री या सांसद बनाउन दिएको थिएन । त्यो मत कुनै व्यक्ति वा पार्टीलाई दिएको थिएन । त्यो मतले त मधेसका मुद्धालाई अन्तर्राष्ट्रीयकरण गरेर इतिहास रच्नु थियो, त्यो इतिहास कायम छ ।

मधेसी जनता जानकार छन् । आगामी चुनाव त आओस, मधेसको मुक्तिको लागि मधेसको राजनीतिको ठेकेदारी, जमिन्दारी र सामन्ती सबै प्रथा अन्त्य हुनेछ । मधेस जनताका जनमतको राज्य हुनेछ, जनताको राज्य हुनेछ ।
जय जनमत ! जय मधेश !

(सिके राउतको फेसबुक वालबाट)